सम्पर्क

सिन्धु कांग्रेसमा जंगबहादुर

नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर लामा विजयी हुनुभएको छ । उहाँले पहिलोपटक ५१ प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो पटक भएको मतदानमा ९१२ मत ल्याई विजय हासिल गर्नुभएको हो । यस अघि पहिलो पटकको निर्वाचनमा ७०५ मत ल्याई पहिलो स्थान ओगट्न सफल हुनुभएको थियो । आफ्नो प्रतिष्पर्धी वंशलाल तामाङलाई ६४ मतको अन्तरले पराजित गरि लामा विजयी हुन सफल बन्नुभएको हो । आइतबार राति प्राप्त अन्तिम नतिजाअनुसार जंगबहादुरले ९ सय बाह्र मतसहित सभापतिमा विजयी हासिल गर्नुभएको र उहाँका प्रतिष्पर्धी तामाङले ८ सय ४८ मत प्राप्त गर्नुभएको थियो ।