सम्पर्क

काग र म

घनश्याम नेपाल

यो रंगमंच धमिलो छ कि नाग बेली
आऊँछ छेउ नजिकै किन काग घेरि ।
रूंदै कराउँछ म हेर्छु कठै ! भनेर
के सक्छु खान दिनलाइ खुशी बनेर ।

सुख्खा म देख्छु उसको मुख बाइ रैछ
दाना म देख्दिन कतै रनभूल भै छ ।
आकासमा नयन पारि फिजाँइ पंख
उड्दै छु भन्छ अहिलै धुन फुक्छ शंख ।

जोडी छुटेछ बिचरा न त बाल बच्चा
उस्कै छ यौवन बिछिप्त म देख्छु कच्चा ।
हावा बहन्छ उडि जान्छ उतै रमाइ
फेरो न मार्छ लयमा खुश भै घमाइ ।