सम्पर्क

सिन्धुपाल्चोक काँग्रेस अधिवेशनको दोस्रो चरणमा प्रेमध्वजले बंशलाललाई सघाउने

नेत्रबहादुर बस्नेत

नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतिमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नपाएपछी डा. प्रेम ध्वज लामाले बंशलाल तामाङलाई सहयोग गर्नुहुने भएको छ ।
पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसेकपछि दोस्रो चरणको चुनाव आजै हुने भएको छ । प्रेमध्वजले बंशलाललाई सघाउने भएसँगै बंशलालको जित निश्चित भएको छ । पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ । ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ । पहिलो चरणमा कुल खसेको १८६६ मतमध्ये जँगबहादुर लामाले ७०५, बंशलाल तामाङले ६२९ र प्रेमध्वज लामाले ४९३ मत प्राप्त गर्नुभएको थियो ।
बंशलाल तामाङ र डा. प्रेमध्वज लामाले सँयुक्त पत्रकार सम्मेल गर्दै बंशलाल तामाङलाई सभापतिमा निर्बाचित गराउन अनुरोध गरेका छन् । पत्रकार सम्मेलनमा सम्बोधन गर्देै नेता राजेन्द्र ताल्चाभोडेलले बंशलाल तामाङलाई मत दिएर बिजय गराउनका लागि अनुरोध गर्नुभयो । त्यसै गरी नेता बिष्णु खत्रीले नेपाली काँग्रेसलाई बलियो बनाउँनका लागी पनी बंशलाल तामाङलाई जिताएर सभापती बनाउँन सबैमा अनुरोध गर्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसको १४ औं जिल्ला अधिबेशनको पहिलो चरणमा भएको मतदानमा कुनै पनि सभापतिका उमेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि तेस्रो मत ल्याउनु भएका डा. प्रेमध्वज लामाले दोस्रो हुनु भएका बंशलाल तामाङलाई समर्थन गरेको अपिल गर्दै आजको हाम्रो प्रमुख चुनौती मूल्य, मान्यता र त्यागको राजनितिलाई अपमानित र विस्थापित गरी ब्यक्तिवादी र निजी स्वार्थको निरन्तर वर्चस्व कायम गर्न खोज्ने प्रवृत्ति बिरुद्धको सँघर्ष भएको बताउनुभयो । लामाले मर्यादित जीवित राख्न यो ऐतिहासिक क्षणमा हुन लागेको दोस्रो चरणको निर्वाचनमा सभापति पदमा बंशलाल तामाङलाई मतदान गर्ने निर्णय गरेको बताउँदै सम्पूर्ण प्रतिनिधी साथीहरुलाई आज हुने निर्वाचनमा मतदान गरी अत्यधिक मतले विजयी गराउन आग्रह गर्नुभएको छ ।
पत्रकार सम्मेलनको सभापतित्व गर्नुभएका विकास लामाले सबै एकजुट भएर बंशलाल तामाङलाई अत्यधिक मतले विजयी गराउन समेत आग्रह गर्नुभएको छ ।