सम्पर्क

सिनो हाईड्रोले बन्द गरेको काम थाले

रुपक पुरी
मेलम्ची खानेपानी आयोजनाको प्रवेशमार्ग अम्वाथानमा सिनो हाईड्रोले शुक्रबार विभिन्न माग राख्दै बन्द गराएको मर्मतसंम्भार र पुननिर्माणको काम शनिवारबाट सुरु गरेको छ । असार १ मा बाढीले ध्वस्त मेलम्ची आयोजनाको मुहानक्षेत्रको संरचना चिनिया ठेकेदार कम्पनी सिनो हाइड्राले नेपाली सेनामार्फत ‘फास्ट ट्रयाक’मा पुनर्निर्माण र मर्मतसंम्भार गर्दै थियो ।

मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुव“रकाअनुसार शुक्रवार दिनभर रोकिएको मुहानस्थलको काम शनिवार बिहानबाट थालिएको छ । आयोजनाको मर्मतकार्य ७५ प्रतिशत सम्पन्न भैसक्दा समेत सरकारले भुक्तानी नदिएको भन्दै सिनो हाइड्रोले काम बन्द गरेको थियो । ‘कम्पनीलाई माथिल्लो र तल्लो तहबाट केही प्रतिबद्धता र छलफल भएपछि शनिवार सिनो हाइड्रो आफ्नो कामलाई पुन थालेको छ, भुक्तानी दिने समयनिश्चित र महत्वपूर्ण छलफल भएको छ,’कुव“रले भन्नुभयो । मेलम्ची आयोजनाका एक जानकारकाअनुरुप सिनोले खानेपानी मन्त्रालयस“ग काम गरेको पुरै रकम भुक्तानी नदिएसम्म काममा नफर्कने अडान राखेका थिए । विगत दुई महिनादेखि भुक्तानीको लागि आग्रह गर्दै आएको सिनो हाइड्रोले सरकारले वेवास्ता गरेपछि काम रोक्न बाध्य भएको जनाएको छ । गएको बिहिवारसम्म ५० प्रतिशत रकम भुक्तानी नदिए काम बन्द गर्ने अग्रिम जानकारी दिएको सिनोको चेतावनीलाई सरकारले गंम्भिर रुपमा नलिएपछि आयोजनाको काम थन्किएको थियो । ‘दुवै पक्षबीच छलफल भइसकेपछि आहिले काम थालिएको छ,’उहाँले भन्नुभयो । असार १ मा हेलम्बुको शिर भ्रेमाथाङ पहिरो मिसि“दा उर्लिएको मेलम्ची बाढीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनालाई धेरै पछाडी धकेलिदियो ।

मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु गापा १ ,अम्बाथानस्थित हेडर्वक्सस्थल ,सडक ,सुरुङ ,गेटलगायतको संरचना तहसनहस तुल्यायो । मुहाननजिकैको इन्जिनियरिङ क्याम्प र सुरक्षा पोस्ट बाढीले बगाउ“दा आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनीका कर्मचारी एक चिनि“या र दुई भारतियले ज्यान गुमाए । बाढीले करिब २१ किमीमध्येको ८ किमी सडक बगाएर सम्पर्क पुरै टुटाइदियो ,दुई पटकको बाढीले दुई अर्ब ४५ करोडको क्षति पु¥र्याएको मेलम्ची खानेपानीले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तकाअनुरुप मेलम्ची राजधानी पु¥याउन एशियाली विकास बैक (एडीबी) र अन्तराष्ट्रिय परामर्शदाता चार महिनादेखि लागिरहेका छन् । अस्थायी रुपमा पानी लैजान मेलम्चीको गेट १,९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा लगिएको छ । ‘गेट नम्बर ३८ हाइड्रोलिक सिष्टम बिग्रिएको र मर्मत सुरु गरिएको छ, मेलम्चीको स्थायी राजधानी लैजानेबारे सरकारी निकायबीच छलफल भइरहेको छ,’इन्जिनियर कुव“रले भने । बैकल्पिक रुपमा पानी पथान्तरण गर्न बनाइएको आयोजनाको मुख्य कफर ड्याम पूर्ण रुपमा क्षति भएकोले त्यसको मर्मतसंम्भारको काम भइरहेको छ । यसअघि आयोजनाले अस्थायी मुख्य बा“धको मुखमा अस्थायी सुरुङ बनाइ पानी पठाउने गरेको थियो । आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्ने समितिको लक्ष्य छ । तर, वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहनेछ ।