सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा एमाले निकट अखिल नेपाल महिला संघको अध्यक्षमा माया श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ ।
शनिवार भएको भेलाले उपाध्यक्षमा म्हेन्दो माया तामाङ, सचिवमा गिता तामाङ, सहसचिवमा गिता विक, कोषाध्यक्षमा दोरीमाया तामाङ सहित १८ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
भेलाले महिलाका राजनीतिक हक अधिकारका क्षेत्रमा समेत छलफल गरिएको थियो ।
