सम्पर्क

प्रथम पाँचपोखरी राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु

सिन्धुपाल्चोक जिल्लाका पाँचपोखरी थाङपाल गाउँपालिकामा प्रथम पाँचपोखरी राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु भएको छ ।
थाङपाल धाप माध्यामिक विद्यालको प्राँगणमा पुर्बमन्त्री तथा सँघिय सांसद शेर बहादुर तामाङले प्रतियोगिताको उद्वघाटन गर्नुभएको हो ।
प्रमुख अतिथी तामाङले मन्तब्य राख्नु हुंदै उहांले खेलकुदको बिकास संगै थाङपाल पाँचपोखरी क्षेत्रमा बिकास निर्माणको गतिमा पनि उल्लेख्य सुधार भएको बताउनुभयो । खाल्डेखोलादेखि धापसम्म जाने सडकको स्तरोन्नति यसै बर्ष सम्पन्न हुने र धापदेखि भोताङसम्मको सडकको केहि महिना भित्रै टेन्डरको प्रकृया अगाडि बढाईने बताउनुभयो । त्यसैगरि धापबाट बरुवा जोड्ने लामो दुरिको झोलुङ्गे पुलको पनि डिपिआर गरि छिट्टै निर्माणको लागि पहल गरिने बताउनुभयो । नेपाल हायसी सितो रियो डाई करातें डो शाखा डोजो सिन्धुपाल्चोकका अध्यक्ष सुर्य बहादुर अधिकारीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी आयोजक संस्थाकी जयन्ती गिरी, बौद्ध दर्शन तथा गुम्बा बिकास समितिका कार्यकारिणि समितिका सदस्य शिशिर वाईबा,एमाले जिल्ला कमिटि सचिबालय सदस्य एबम पाँचपोखरी ईन्चार्ज निर्मल बन्जारा,नेपाली कांग्रेसकी नेत्री गंगा चापागाई, माओवादी केन्द्रका जिल्ला सल्लाहकार जित बहादुर खत्री, बिद्यालयका प्रधानाध्यापक राधे बन्जारा लगायतले शुभकामना मन्तव्य राख्नु भएको आयोजक समितिका दिल बहादुर वाईबाले जानकारी गराउनु भयो ।