सम्पर्क

पिडाको भूमारीमा महिला नेतृत्व

राजनीतिमा लागेका महिलाले भोग्नु परेको समस्या विषयमा सामुदायिक सारथीको सहयोगमा जिल्ला समन्वय समितिको आयोजनामा भएको अन्तक्र्रियामा सहभागि नेतृहरुको धारणाले यस्तो पुष्टी गरेको हो ।
राजनितिमा लागेका महिलाहरुका मात्रै होइन समाजमा एउटा स्थान कायम गरि सकेका जनप्रतिनिधिको समेत अवस्था भयावह देखिन्छ । अझ दलित महिलाको पिडा असह्य रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ की वडा सदस्य कमला वि.कले आफु निर्वाचित भएपछि पनि पटक पटक जातकै कारणले विभेद भोग्नु परेको तर न्याय नपाएको दुखेसो पोख्नुभयो । यस बारेमा कहि कतैबाट पनि सहयोग नपाएकोले न्याय पाउन नसकेको बताउनु भयो । विगतमा धेरै पटक विभेदकै डरमा भोक भोककै बसेको तितो अनुभव राख्नु भएको थियो । जनप्रतिनिधिको जिम्मेवारीको बारेमा पनि अन्य सदस्य सरह समान अधिकार पाउन नसकेको बताउनु भयो । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा न १४ का वडा सदस्य शर्मिला वि.कले योजनाको बारेमा वडा सदस्यहरु जहिले पनि अनविज्ञ हुने गरेका बताउनु भयो । राजनितिमा लागेका महिलालाई समाजले हेर्ने दृष्टिकोण सधै नकारात्मक भएको र त्यो आफुले भोगेको बताउनु भयो । त्यस्तै अनेम संघ चौतारा साँगाचोकढी नगर कमिटी अध्यक्ष रीना श्रेष्ठले महिला राज्य तहको निकायबाट नै विभेदको सिकार छ । महिला सशक्तिकरण बारे कसैको पनि ध्यान जान नसकेको बताउनु भयो । जसका कारण महिला कमजोर भएकै कारण अनेकन समस्या भोग्नु परेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले नारीहरु जबसम्म अधिकार दिने स्थानमा पुग्न सक्दैनन् त्यतिन्जेल सम्म महिलाहरुको समस्या यथावत रहने भएकाले महिलालाई कार्यकारी पदमा पु¥याउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले राजनैतिक क्षेत्रमा महिला नेतृत्व अभिबृद्धि गर्नको लागि राजनैतिक दलको विधानमा उल्लेखित निर्णय प्रक्रियामा ३३ प्रतिशत सुनिश्चित गर्न तथा महिला नेतृत्वमा हुने लैङ्गिक विभेद, शारिरीक, मानसिक हिंसालाई पुर्णरुपमा निरुत्साहित गर्ने छौं भनि सामुहिकरुपमा प्रतिवद्धता समेत जाहेर गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा चौतारा साँगाचोकढी नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले अब महिलाले हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्ने अवस्था आएको बताउनु भयो । निति निर्माण तहमा महिलाको उपस्थिती आवश्यक रहेको पनि बताउनु भयो । उक्त कार्यक्रममा छलफल पत्र जिल्ला बार सचिव शशीनाथ आचार्यले प्रस्तुत गर्नु भएको थियो भने सञ्चालन सामुदायिक सारथीका जिल्ला संयोजक उमेश विश्वकर्माले गर्नु भएको थियो ।