सम्पर्क

भवन निर्माण गर्ने अभियानमा आर्थिक सहयोग

चौतारा साँगाचोकगढी नगरपालिका १४ मा निर्माण हँुदै गरेको लोकप्रिय नेत्रज्योती सञ्चार समुहको भवन निर्माण गर्ने अभियानमा नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ को सभापती , युवा नेता आईतमान तामाङ (ज्ञानु) ले नगद रु. ५१,५०० (अक्षरुपी एकाउन्न हजार पाँच सय) सहयोग गर्नुभएको छ । उक्त सहयोग गर्ने प्रतिबद्धता गरेअनुरूप तामाङले शुक्रबार रकम हस्तान्तरण गर्नुभएको हो । यसैगरी पूर्व जिल्ला कोषाध्यक्ष देवेन्द्र बहादुर खत्रीले पनि उक्त भवन निमार्णको लागि सहयोग बापत नगत रु. ५०००÷– (अक्षरुपी पाँच हजार) हस्तान्तरण गर्नुभएको हो । लोकप्रिय नेत्रज्योती सञ्चार समुहको उन्नयनमा यहाँले पु¥याउनु भएको योगदानको उच्च मुल्याँकन गर्दै लोकप्रिय नेत्रज्योती सञ्चार समूहले हार्दिक बधाई एवं धन्यवाद व्यक्त गरेको छ । यसअघी नेपाली काँग्रेसका युवा नेता तथा ब्यवसायी भुपेन्द्र थापाले भवन निर्माणका लागि ३५ बोरा सिमेन्ट सहयोग गर्नुभएको छ । त्यसैगरी नेपाली काँग्रेस सिन्धुपाल्चोकका महासमिती सदस्य राजु गोर्खालीले भवन निर्माणका लागी दुई लाख सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।