सम्पर्क

पौडि खेल्ने क्रममा एक किशोरीको मृत्यु

पौडि खेल्ने क्रममा एक किशोरीको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका.वडा नं.१३ झ्याडी खर्क गाँउ बस्ने ठग बहादुर राना मगरको छोरी वर्ष १६ को रमा राना मगर रहनुभएको छ ।
बिहिबार झ्याडी खोलामा साथिहरुसँग पौडि खेल्ने क्रममा युवती डुबी मृत अवस्थामा लास फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्र.ना.उ.दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको छ ।