सम्पर्क

बिमलकुमार तिवारीद्धारा मौद्रिक नीतिमा विद्याबारिधि

शेयर विश्लेषक विमलकुमार तिवारीले युनिभर्सिटी अफ मैसुरबाट विकास अध्ययनमा विद्याबारिधि गर्नुभएको छ । उहाँले आफू मार्च २२ मा भारतको मैसुरमा हुने दीक्षान्त समारोहमा सहभागी हुन जान लागेको जानकारी दिनुभयो । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिटेडका कार्यकारी अध्यक्ष समेत रहेका तिवारी सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आउनुभएको छ । उहाँले यसअघि लगानीको क्षेत्रका साथै बैंक तथा वित्तीय संस्थाहरुमा १८ बर्षको अनुभव हासिल गर्नुभएको छ ।
तिवारीले नेपालको अर्थतन्त्रको दीगो विकासमा मौद्रिक नीतिको प्रभाव विषयमा विद्याबारिधिको सोधपत्र तयार गर्नुभएको थियो । उनको सोध निर्देशकमा चर्चित प्राध्यापक एवं देवराज हुनुहुन्थ्यो । बढ्दो महंगाइ, ब्याजदरको अनियमित घटबढ, बैंक तथा वित्तीय संस्थाको तीब्र बृद्धि र नेपाल राष्ट्र बैंकले सन् २००१ देखि मौद्रिक ल्याउन सुरु गरेको परिप्रेक्षमा यस विषयमा खासै अध्ययन नभएकाले आफूले विद्याबारिधिका लागि उक्त विषय छनौट गरेको तिवारीले बताउनुभयो ।
तिवारीको सोधमा मौद्रिक नीति आएपछिका डेढ दशक (सन् २०११ देखि २०१६सम्म) मा बैंक तथा वित्तीय संस्थाको विकासमा धेरै परिवर्तनहरु भएको उल्लेख छ । त्यसको परिणाम मुलुकको आर्थिक गतिविधिअन्तरगत घरेलु बचत र भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव परेको छ । लगानी नीतिमा निर्माणमा मौद्रिक नीति प्रभावकारी देखिएको छ । र, यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बाणिज्य बैंकहरुको तरलता जहिले पनि बचतभन्दा बढी भएको देखिन्छ । त्यसैले अनिवार्य नगद मौज्दातको सामान्य घटवढले ऋण प्रवाहको बृद्धिमा असर नपार्ने सोधबाट देखिएको छ । यसै गरी कृषि उत्पादत्वको मूल्य बृद्धि अनुपात भने घटाउन सघाएको देखिन्छ । तर मौद्रिक नीतिले मुद्रा स्फिर्ति अस्वाभाविक रुपमा उच्च दरले बढेको, ब्याजदर उतार चढावपूर्ण, तरलताको समस्या, सेयर बजार अस्थिर रहेको, बढ्दो बेरोजगारी, बढ्दो घाटाले दीगो विकासमा असर पारिरहेको सोधले देखाएको छ । तत्काल दीगो प्रकृतिको मौद्रिक नीति ल्याइनु पर्ने तिवारीको सोधको निश्कर्ष छ ।