सम्पर्क

खनालद्धारा कोचिङ कक्षा संचालनको लागि आर्थिक सहयोग


मेलम्ची नगरपालिका वडा नं. १० शिखरपुरमा सञ्चालित श्री शितलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई कोचिङ कक्षा संचालनको लागि आर्थिक सहयोग गर्नुभएको छ । उक्त सहयोग गर्न प्रतिबद्धता गरेअनुरूप मेलम्ची नगरपालिका वडा नं. –१० नेपाली कांग्रेसका सभापति एवं युवा नेता, समाजसेवी तथा शिक्षाप्रेमी अमृत खनालबाट शुक्रबार नगद रु ५०,००० (अक्षररूपी पचास हजार ) सहित मास्क विद्यायलयलाई हस्तान्तरण गर्नुभएको थियो । माध्यमिक तहका विद्यार्थीले अंगेजी, गणित र विज्ञान विषयको ट्युसन पढ्दै आएको हँुदा ट्युसन पढ्न बाहिर जाने दर घटाउने र ट्युसन पढ्ने खर्चमा सहज अवधारणा सहित सहयोग गरिएको उहाँको भनाइ छ । आफ्नो गाँउठाँउको विद्यालयलाई गरेको सहयोग प्रशंसनीय भएकोले शितलादेवी माध्यमिक विद्यालयका शिक्षक ,विद्यार्थीे तथा विद्यालय परिवारको तर्फबाट सहयोगीदाता खनाललाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।