जवरजस्ती करणी गरि बाह्र वर्ष छ महिना फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ सानोसिरुवारीका कर्ण बहादुर भारतीको छोरा ३१ वर्षको राम बहादुर भारतीलाई सोमबार पक्राउ गरेको हो । उहाँले २०६६ असोज १७ गते दिउँसो सानोसिरुवारी गा.वि.स.वडा नं.२ ठुलीचौरी पाखामा घाँस काट्न गएकी वर्ष १४ को बालिकालाई जवरजस्ती गरि फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उक्त घटना पश्चात फरार रहेकोमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रतिवादी भारतीलाई शुक्रबार दिउँसो ललितपुर महानगरपालिका वडा नं.१३ कुसुन्ती स्थित रहेको सृजनशिल निर्माण सेवामा काम गरि रहेको अवस्थामा फेला पारि पक्राउ गरेको हो । सोमबारको अदालतको आदेश बमोजिम पुर्पक्ष कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी खुकरी प्रहार गरि फरार रहेका प्रतिवादी कारागार चलान भएको छ । गत असोज ८ गते विहान १० बजेको समयमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं.३ वोल्दे स्थित बस्ने वर्ष ३७ को पासलाल तामाङलाई खुकुरी प्रहार गरि वारदात पश्चात भागी फरार रही मंगलबार उपस्थित हुन आएका सोही स्थान बस्ने वर्ष २० को प्रेम बहादुर भन्ने अशिष तामाङलाई सिन्धुपाल्चोक जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि आजै कारागार चलान गरेको बस्नेतले जानकारी दिनुभयो ।
