सम्पर्क

कम्युनिष्टको थिचोमिचो सहन नसकिने भन्दै कांग्रेसमा प्रवेश ः दुलाल

कम्युनिष्टको थिचोमिचो सहन नसकिने भन्दै इन्जिनियर देवराज दुलाल नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । मेलम्ची नगरपालिकामा लामो समय इन्जिनियर रहेका दुलालले आफु मेलम्ची नगरपालिकामा रहेर काम गर्दा एमाले सरकारको थिचोमिचो सहन नसकेको गुनासो ब्यक्त गनुभएको छ ।
मेलम्चीमा भएको “घर–घर जाऔँ कांग्रेस जिताऔँ“ अभियान बाट उनी कांग्रेसमा प्रवेश गरेको हो । केन्द्रीय सदस्य गंगा लक्ष्मी अवाल, नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापती जंग बहादुर लामा, क्षेत्रिय सभापती आइतमान तामाङ, नगर सभापती वसन्त गुरूङ लगायतले दुलाललाई बुधबार नेपाली कांग्रेसमा स्वागत गर्नुभयो । काँग्रेसको उदारबादी भावनाले प्रभावित भइ आफु कांग्रेसमा प्रवेश गरेको उनले सुनाउनुभयो । ’यो देशलाई सांच्चै अप्ठेरो परेको खण्डमा कांग्रेसको आवस्यकता रहेछ ’ उहाँले भन्नुभयो । नेपाली कांग्रेसमा प्रवेश गर्नुको कारण बारे उहाँ यसो भन्नुहुन्छ ः
“मैले यहाँ भन्दा अघि जागिर खाएँ, एनजिओमा काम गरेँ, मैले कम्युनिष्ट शासनमा पनि कर्मचारि भएर काम गरेँ, त्यस क्रममा कम्युनिष्टको थिचोमिचो, पेलान, मानिसहरूलाई काखा र पाखा गर्ने प्रबृत्ति, यी विविध कारणले मलाई कम्युनिष्ट शासन, प्रबृत्ति पटक पटक मन नपरेर आएको हो । नेपाली कांग्रेसको उदारवादी भावना छ, सहयोगी भावना छ, सबैजना समेटौँ, सबैजना एक हौँ, हामी सबै नेपाली हौँ , भन्ने मुल मन्त्र छ, यो नै हामी सबैको लागि अपरिहार्य हो । यहि कुराहरूलाई मध्यनजर गर्दै म पनि आज बाट कांग्रेसमा आए ।“ इन्जिनियर देवराज दुलाल संगै विभिन्न पार्टी परित्याग गरि आज ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस मेलम्ची नगरकार्यसमिति सचिव निश्चल गिरीले जानकारी दिनुभयो ।