सम्पर्क

स्याउलेको खड्कदेबी मन्दीरमा पुजा

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा न १ मा भगवती मन्दिर निर्माण भएको छ । मन्दिर निर्माण भयपश्चात बुधबार स्थानिय नागरिकहरु सहितको भेलाभई पुजा गरिएको छ । उक्त मन्दीरमा खड्क देबि भगवती रहनु भएको स्याउले बासीले पुर्खा देखि मान्दै आएको भएतापनी यस बर्ष वडा कार्यलयबाट बजेटको ब्यबस्था गरे पछी पुजा गरेको पहिलो पटक हो । वडा कार्यलयबाट भएको बजेट सहयोगका कारण देबस्थल जाने बाटो सिढी बनेको र देव स्थलपनी राम्रो बनेकोमा स्थानीयबासीहरु खुशीभएका छन ।
पहिले तल्लो भागमा रहेकोमा पछि देवि चढेर ठाउँ देखाएपछि पछि मन्दिर माथिल्लो पाटामा सारेको सरे पछि नयाँ मन्दिर बनेको स्थानिय तेज बहादुर श्रेष्ठले बताउनु भयो । उक्त मन्दिरमा पुजा गरेर बरदान मागे पछि मागेको पूरा हुने बिश्वास स्थानियको छ ।
स्थानियको माग बमोजिम मन्दिर संरक्षणमा ३५० हजार खर्च भएकोमा वडा बाट र दुई लाख अनुदान दिएको र अरु श्रमदानबाट वडाबाट व्योहोरिएको वडा अध्यक्ष सानुकान्छा श्रेष्ठले बताउनु भयो
चौतारा साँगाचोकगढि नगरपालिका वडा नं. १ मा बिकासका कामहरु गर्दा अबश्यकता र समस्याका बारेमा स्थानिय नागरिकहरुसँग परामर्श लिएर काम गरेको बताउँदै श्रेष्ठले भवनमात्र राम्रो भएर बिकास हुने होइन नागरिकको समस्या समधान हुने काम भए मात्र स्थानिय बिकास भएको मानिने समेत बताउँनु भयो ।