सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नम्बर – १ अवस्थित श्री आनन्द माध्यमिक विद्यालयमा अध्ययनरत ११ कक्षाको विद्यार्थीहरुलाई विद्यालय सहायक प्रधानध्यापक दिपक तामाङले कक्षामा अन्धाधुन्ध पायपको लठ्ठीले कुटपिट गर्दा ११ जना विद्यार्थी घाइते भएका छन् । विद्यार्थीहरुको हात फ्याक्चर हुनुका साथै शरीरमा नीलडाम देखिएको छ । पीडित पक्षले जलविरे इलाका प्रहरी कार्यलयमा जाहेरी दिनुभइको छ । पीडित विद्यार्थी पक्षले शिक्षकलाई कडा भन्दा कडा कारवाही गर्नको निमित्त प्रसासन समक्ष माग गर्नुभएको छ । घाईते हुने विद्यार्थीहरुमा दिपिका श्रेष्ठको ढाडमा नीलडाम र हात फ्याक्चर भएको छ भने सीमा श्रेष्ठ, सप्रीना भुजेल, सम्झना श्रेष्ठ, राजकुमार सुनवार, विजय बहादुर भण्डारी, दिलिप श्रेष्ठ , नोर्माई स्याङ्बो समेत घाइते रहेका छन् । बाल अधिकार हनन र बाल संरक्षणको निमित्त शिक्षकले सिकाउनु पर्ने ठाउँमा अन्धाधुन्ध पलास्टिकको पाएपले घाइते हुने गरि कुटपिट गर्दा बाल अधिकार हनन भएको पिडितहरूको अविभावकहरुले बताउनुभयो ।
उक्त शिक्षकलाई कडा भन्दा कडा कारवाही नगरीए आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
