सम्पर्क

१० करोडको लिफ्ट खानेपानी आयोजना सम्पन्न

ईन्द्रावती गाउँपालिका वडा नं १० मा JAFS को सहयोगमा निर्मित लिफ्ट खानेपानी आयोजनाको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङको प्रमुख आतिथ्यता कार्यक्रममा व्ब्ँक् संस्थाको तर्फबाट JAFS ⁄AFS का अध्यक्ष नोरिको आचुताबाट इन्द्रावती १० को बुढिचौर खानेपानि उपभोक्ता समितीको अध्यक्ष लिलामणी आचार्यलाई परियोजना हस्तान्तरण भएको हो ।
कुल १० करोड लगानीमा व्ब्ँक् संस्थाले ३ बर्ष अघि देखि लिफ्ट परियोजना कार्यक्रम संचालनमा ल्याएको थियो । इन्द्रावती १० को पुछार झ्याँडी खोला देखि बोरिङ गरि लिफ्ट मार्फत इन्द्रावती १० को पर्यटकीय स्थल बुढिचौर सम्म पानी लिफ्ट संचालनमा आएको इन्द्रावती १० का वडा अध्यक्ष जीवन कुमार थापा मगरले जानकारी दिनुभयो ।

अध्यक्ष थापा मगरका अनुसार यो कार्यक्रमले इन्द्रावती १० का सम्पुर्ण बस्तीहरु लाई समेटेको छ । परियोजना बाट ५०० घर धुरी लाभान्वित हुने छन । यो परियोजनाले पिउने पानी मात्रै हैन इन्द्रावती १० का घर परिवारलाई कृषि मार्फत जिबिकोपार्जन गर्न पनि सहयोग पुग्ने छ ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका पुर्ब सदस्य एवं काँग्रेस युवा नेता सुदर्शन आचार्य , इन्द्रावती १० का वडा अध्यक्ष जीवन कुमार थापा मगर, कार्यपालिका सदस्य मनकुमारी तामाङ, नेपाल सिक्षक संघका पुर्व केन्दिय सदस्य रुद्रलोचन आचार्य राजनैतिक दलका पार्टी प्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापकहरुको आतिथ्यता एवं स्थानिय सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।