सम्पर्क

जनहितको साधरण सभा सम्पन्न

सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १४ डडुवामा रहेको जनहित दुग्ध सहकारी संस्था लि. को २३ ओेै बार्षिक साधरण सभा एक समारोहका बिच सम्पन्न भएको छ । वडा नं १४ का वडा अध्यक्ष शेर बहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको साधरण सभाले आयब्यय अनुमोदन गर्नुका साथै आगामी बर्षको लागी निती तथा कार्यक्रमहरु पारित गरेको छ । श्री जनहित दुग्ध सहकारि सस्था लि. का अध्यक्ष बद्रि प्रसाद नेपालको सभापतित्वमा भएको २३ औ सधारण सभामा सहकारीका सह सचिब तथा ब्यबस्थापक अनील पराजुलीले संस्थाको आयब्यय तथा निती कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिबेदन माथि छलफल उठेको प्रश्नको जवाफ दिदै अध्यक्ष बद्री प्रसाद नेपालले दुध उत्पादन गरेर सहकारी माल्याउँने लाइ सबै भन्दा बढी दुध उत्पादन गर्ने लाइ प्रोत्साहन गर्ने परम्परा रहेको बताउँनु भयो । उँहाले सहकारीको माध्ययमबाट गरेका कामहरु सफलतामा जाने समेत बताउँनु भयो । गाउले सामुदायक बन सहकारि सस्थाका अध्यक्ष ओम बहादुर बस्नेतले स्थानिय स्तरमा बिक्रि भयको दूध र डेरि बाट ल्यायको रकम हरेक महिना सार्बजनिक गर्न आबश्यक रहेको बताउदै सरकारि जागिर खाने कर्मचारि बसेर कामगर्दा सहकारिहरुको अबस्था कम्जोरि भएको बताउनु भयो । सेती देबि आधारभुत बिद्यायलयका प्रधानाध्यापक ऋषी नेपाल आफू नेपाल सरकारको तलब खाएर बसेको कर्मचारि भएको हुँदा गैर सहकारि सस्थामा नेतृत्वनलियको बताउनु भयो । उहाले विशेष गरि बिषयगत रुपमा कार्य गर्न अगाडि बढ्न सबैलाई अनुरोध गर्नु भयो । डडुवा बचत तथा ऋण सहकारि संस्थाका अध्यक्ष केशब प्रसाद नेपालले बिषयगत सहकारिले उदेश्य अनुसार काम गर्न पर्ने सहकारिको सिदान्त अनुसार कृषि,बचत तथा ऋण, दुग्ध उत्पादन सबै सहकारीले आआफ्नो उदेश्य अनुसार काम गर्नु पर्ने बताउनु भयो ।
डडुवा भवननि शङ्कर मा.बि का साहयक प्रधानाध्यापक सचिन नेपालले नेपाल सरकारको सुबिधा लिनेले दोहेरो सुबिधा लिन नपाईने बताउनु भयो । उँहाले एक ब्यक्ति एक सहकारि को नीति अबलम्बन गरेर अगाडि बढ्न पर्ने बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथि शेर बहतदुर श्रेष्ठले सहकारितका माध्यमबाट गरिएको हरेक कार्यक्रमहरु सफलतामा रहने गरेकोले सहकारिताको माध्यमबाट काम गर्न सबैमा आग्रह गर्नु भयो ।
गाउँमा बसेर कामगर्न सबैलाई आग्रह गर्दै टुरिस्ट साथिहरु ले केही भ्रम छर्न खोजेकोमा दुख ब्यक्त गर्देै सबै बिकास कार्यक्रम हरु सबै मिलेर गर्न पर्ने बताउनु भयो । उँहाले जसले राम्रो गर्छ डडुवाको उज्वल भबिष्य निर्माण गर्ने खालका साथिहरुले नेतृत्व गर्न पर्छ भन्नु हुँदै हाम्रालाई होईन राम्रालाई नेतृत्वको जिम्मा दिन आग्रह गर्नु भयो । सहकारीका सचिब भेष बहादुर नेपालले संञ्चालन गर्नु भएको उक्त साधरण सभामा बिभिन्न शेयर सदस्यहरुले आआफ्ना भनाइ राख्नु भएको थियो ।