सम्पर्क

सुर्यमुखी साना किसान कृषी सहकारीद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड भोटेचौरले आफ्ना सदस्य ,बजार प्रतिनिधिलाई एक दिने समुह सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त संस्थामा आबद्ध संस्थाका प्रधिनिधिहरुलाई पूर्ण रुपमा व्यावसायिक योजना निर्माणमा सक्षम बनाउने र उहाँहरु मार्फत सदस्यहरुलाई व्यावसायिक योजना बनाउन सिकाउनु तालिमको लक्ष्य हो । आफ्ना सदस्यलाई सहकारीको सेवा र सहकारीलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने विषयमा मेलम्ची ४ र ५ को भदौरे, ३ को हैबुङ, २ को जैसी गाउँ, १२ र १ का लागि डाँडागाँउ वडा नं १ को माथिल्लो भेगको भोटेचौरमा कार्यक्रम गरिएको हो । अभिमुखिकरणमा संस्थाका सेयरधनी सदस्यहरुलाई जनप्रतिनिधिको उपस्थितीमा कार्यक्रम संचालन गरिएको संस्थाका अध्यक्ष मित्रलाल चौलागांईले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष चौलागाई, प्रवन्धक बिना पोखरेल,ऋण प्रमुख अनुस्का थापा ऋण सहायक प्रकाश लामिछानेले गर्नुभएको थियो । अभिमुखीकरणले सदस्यहरुमा सहकारी शिक्षा प्राप्त गर्ने र सहकारीका सदस्यलाई व्यवसायीक बन्न सहयोग पुर्याउने संस्थाले विश्वास लिएको छ ।