मेलम्ची मेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधी लायन्स क्लव अफ काठमाडौं सिन्धु चौतारा सिटिका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठले हात पार्नुभएको छ । त्यस्तै दोस्रोमा राजन श्रेष्ठ र अभिषेक गुरुङ हुनुभएको छ भने तेस्रो किसन दुलाल,राजकुमार तामाङ, पूर्ण बहादुर थापा र अजय तामाङ हुनुभएको छ । प्रतियोगितामा जिल्ला तर्फ पहिलो दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३० हजार, २०हजार र १० हजार सहित ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । त्यस्तै शुक्रबार भएको नगरतर्फको प्रतियोगितामा किसन दुलाल र दिपक दुलालको जोडि पहिलो, दिपेन्द्रदुलाल र राजु सापकोटा दोस्रो त्यसैगरी सिपि दुलाल र सुर्दशन दुलाल ,भिमशेन डंगोलर रविन बोम्जनको जोडि तेस्रो हुनु भएको थियो । नगर स्तरीय खुल्ला पुरुष डबल्स प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमशः१५हजार ,१०हजार र ५हजारसहित ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिएको मेलम्ची ब्याडमिन्टर एकेडेमिका अध्यक्ष कुमार सापकोटाले जानकारी दिनुभयो । विजेतालाई पुरस्कार वितरण गर्दै नगर प्रमुख डम्बर अर्यालले सीप र क्षमताको आधारमा प्रतियोगिता जितिने हुनाले निरन्तर मिहेनत गर्न आग्रह गर्नुभयो ।सिन्धुपाल्चोकमा ब्याडमिन्टन खेलप्रेमिहरु बढिरहेको भन्दै यस्को विकास गर्नु जरुरी रहेको अर्यालको भनाई थियो । उहाँले पालिका, जिल्ला र देशलाइ चिनाउन खेल आवश्यक रहेको बताउनुभयो ।
