सम्पर्क

चुनावी बाचा पुरा गर्दै इन्द्रावतीमा बंशलाल

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाँउपालीकाका अध्यक्ष बंशलाल तामाङ्गले चुनावमा जनता सामु गरेको बाचा पुरा गरे पछी मात्र आफुलाई सन्तोष लाग्ने बताउँनु भएको छ । ५ बर्ष अघि भिमटारमा जाँदा खानेपानीको समस्या देखेको हुँदा आफुले त्यस बेला सबैलाई खानेपानीमा सुबिधादिने बचन दिएकाले उक्त बचन पुरा गरेको बताउँनु भयो । उँहाले शुक्रबार भिमटारमा एक घर एक धारा, खानेपानी योजना उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका १२ भिमटारका १९५ घरधुरीले एक घर एक धारा खानेपानी पाएसंगै स्थानियमा खुसी छाएको छ । उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष तामाङले आफु जनताको समस्या समाधानको निमित्त बसेको बताउँनु हुँदै ’५ बर्ष अघि आउँदाखानेपानीको समस्या देखेर, प्रत्येक घरमापानीपुग्नु पर्छ भनेर तयारी थालेको थिएँ, अहिले इन्द्रावतीको ६०,७० प्रतिशतभन्दा माथी घरधुरीमा खानेपानी पुगिसकेको छ’ भन्नुभयो । सो अबशरमा इन्द्रावतीको बृहद खानेपानीले ४४०० घरधुरीलाई पानीपुग्ने तामाङले जानकारी दिनु भयो ।पाँचबर्ष अघि भनेका कुराहरू खानेपानी, स्वास्थ्य, बाटो, बनीसकेको र गाउँपालिकामा ८० प्रतिशत बोलेका कामहरू पूरा भइसकेको समेत सो अबशरमा जानकारी गराउँनु भयो ।कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले यस्ता कामहरूले नागरिकलाई नजिकको सरकारको अनुभूति दिलाउने बताउँनु हुँदै ’बिगतको समयमा प्रदुषित पानी पिउनुपर्ने बाध्यता थियो, अब समुदायको सहभागितामा दिगो हुनको लागि सहयोग पुग्छ’, भन्नु भयो । भिमटारमा १९५ घरधुरीलाई पुग्ने पानीदिलाउन ८२ घनमिटरको ट्याङ्कीबनेको छ । यस्को लागत ३७लाख रहेको छ । जनश्रमदानले गर्दायतिथोरै रकममा काम सम्भवभएको गाउँपालिकाका इन्जिनियर राजाराम घोरासैनीले जानकारी गराउँनुभयो । कार्यक्रममा मन्तब्य राख्दै इन्द्रावती गाउँपालिका वडा नं १२ का अध्यक्ष कमल रत्न दनुवारले प्रत्येक घरमा पानी पुगेको जानकारी दिदै गाउँपालिकाले लिएको नीति र उदेश्य अनुरूप एक घर एक धारा पुराउने कामभएकोे बताउँनुभयो ।खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजु दनुवार को सभापतीत्वमा भएको कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ प्रमुख अतिथि, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा अध्यक्ष कमल रत्नदनुवार, पार्टी प्रतिनिधि, गाउँपालिकाका कर्मचारी, पत्रकार, स्थानिय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन गर्दै वडाअध्यक्ष दनुवारले ’खानेपानीको हाहाकार थियो पानीको लाइनकुर्नु पर्ने थियो, सफा र स्वच्छ पानी पिउन पाउने अवस्था थिएन, अहिले यो समस्या समाधान भएको छ ’ भन्नु भयो ।