सम्पर्क

मुलखर्कका मृगौला पीडित तामाङलाई सहयोग स्वरुप रकम हस्तान्तरण

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा ९ मुलखर्क निबासि कदम बहादुर तामाङ्गको बुहारि तिर्थ बहादुर तामाङ्गको श्रीमती सञ्चमाया तामाङ्गलाई मुगौला उपचारको लागि आर्थिक सहयोग हस्तानन्तरण गरिएको छ । सिन्धुपाल्चोक जिल्ला चोैतारा साँगाचोक गढी वडा न ८मा रहेको टिपटप होटलका सञ्चालक तथा सहयोग सङ्कलन अभियानका संयोजक समीर तामाङ्गको विशेष पहल कदमीमा रु३४६६१५ (तिनलाख छयालिस हजार छ सय पन्ध्र रुपैयाँ ) हस्तानन्तरण गरिएको हो । शनिबार पिडीत कै घरमा भएको कार्यक्रम पुर्ब वडा सदस्य संखें तामाङ्गको प्रमुख अतिथ्यतामा गरिएको थियो । सहयोग सञ्चालन अभीयानकासदस्य सुनिल तामाङले सञ्चालन गर्नू भएको कार्यक्रममा आफ्नो भनाइ राख्दै समाजका अगुवा भिम बहादुर तामाङले सरकार द्धारा शुरु गरिएको पारिबारीका बिमा गर्न सबैलाइ आग्रह गर्दै स्वास्थ्य रहन खानपानमा पनी ध्यानु दिनु पर्ने बताउँनु भयो सो अबशरमा उँहाले मृगौला पीडितको स्वास्थ्य लाभको कामना व्यक्त गर्नु भयो । त्यसै गरी मुलखर्क तामाङ समाजका अध्यक्ष पञ्च बहादुर तामाङले अभियानको कार्यको प्रशांसा गर्दै यो अभियानले निरन्तरता पाओस भन्ने शुभेच्छा प्रकट गर्नु भयो । कार्यक्रममा मुलखर्ककै बुद्धिवीवि, बौद्धिक व्यक्ति, समाज रुपान्तरणका अगुवाई एवम् समाजसेवी ज्ञानबहादुर तामाङले विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्कालिन नेपाल सरकारको स्वास्थ्य मन्त्री माननीय गगन थापाले क्यानसर रोगीहरुका लागि रु एक लाख बराबरको उपचार खर्चको व्यस्वथा गर्नु भएकोमा उक्त व्यवस्थाको प्रशंसा गर्नुभयो । आज स्वस्थ र तन्दुरुस्त छु भन्ने मानिसलाई नि अचनाक विभिन्न दीर्घ रोगहरुले सताउन सकिन्छ त्यसैले यस्तो अपातकालिन समयमा स्वास्थ्य उचारका लगि गगन थापाले ल्याएको स्वास्थ्य बिमा पनि लिनका लागि सबैमा अपिल गर्नुभयो । लोकप्रिय समाचारका नेत्र बहादुर बस्नेतले हरेक नागरिक स्वास्थ्य को सेवा पाउँनु आफ्नो अधीकार भएको बताउँदै अभियान ले गरेको सहयोगको थालनीको जती प्रशंसा गरे पनी कमी हुने भन्दै थप उपचारका लागी राजनीतदलका नेताहरुले पनी सहयोग गर्न पर्नै बताउँनु भयो । यसै गरि शेर बहादर वि.कले अभियानले यसरी सहयोग गरेकोमा धन्यबाद दिनु भयो । कार्यक्रममा कालीदेवी मा. वि का पूर्व प्र.अ विमल श्रेष्ठले समेत कार्यक्रममा बोल्दै विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । अभियानका संयोजक समिर तामाङले सहयोगी सम्पूर्ण मनहरुप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै आभार प्रकट गर्नुभयो । मृगौला पीडितका श्रीमान तिर्थ तामाङले आफ्नो श्रीमतिको जीवन रक्षाका लागि यति ठुलो सहयोग गर्नुभएकोमा आफु ऋणी भएको कुरा बताउनु भयो । उहाँले उपचारका क्रममा अस्तालहरुमा भोग्नु परेको पीडा र डाइलसिस गर्न हस्पिटल नपाएको गुनासो समेत सुनाउनु भयो । हप्तामा दुई पटक डाइलसिस गर्नु पर्ने मा १५ दिनमा पनि गर्न नपाएकाले भौतारिदै आयुर्वेदिक सम्मा पुगेको र त्यहाँको सल्लाह अनुसार नै उपचार गरिरहेको बताउनु भयो र स्वास्थ्यमा केही सुधार आएको समेत बताउनु भयो ।
सहयोग संकलन अभियानको सुरुवात कदमबासका युवा सनम थापाले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ जीतपुरका रुखबाट लडेर थलिएका छोटे तामाङबाट सुरु गरिएको थियो । भने सञ्चमाया तामाङको उपचारका लागि सहयोग संकलनको संयोजक भने मुलखर्ककै युवा सामाजिक अभियान्ता समिर तामाङले गर्नुभएको थियो । उहाँकै संयोजकत्वमा मुलखर्ककै स्तान क्यानसर सानुकान्छी तामाङलाई समेत सहयोग संकलन अभियान सुरु गरी रकम हस्तान्तरण गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ जीतपुरका मस्तिष्कघात रोगका पीडित जीतबहादुर गिरीलाई समेत यो अभियान कताले सहयोग जुटाई औषधि उपचार खर्च स्वरुप हस्तान्तरण गरिएको थियो । यसरी अभियान सञ्चालन गरी यो वर्ष मात्रै चार जना पीडितहरुलाई सहयोग गरिएको अभियानका सदस्य सुनिल तामाङले बताउनु भयो । दुई वर्ष अघि पनि रुखबाट लडेर घाइते हुनु भएका मुलखर्कर्कै राम तामाङलाई समेत समिर तामाङको सक्रियतामा सहयोय संकलन गरी हस्तान्तरण गरिएको थियो ।