सिन्धुपाल्चोक जिल्ला मेलम्ची योङ स्टार युवा क्लब दुवाचौरको आयोजनामा नगरस्तरिय तेस्रो मेयरकप भलिवल प्रतियोगिता २०७८ सुरु भएको छ । उक्त कार्यक्रम मेलम्ची नगरपालिका नगर प्रमुख डम्बर अर्यालले उद्घाटन गर्नुभएको थियो । खेलमा नगर भित्रका १३ टिम सहभागी रहेको छ्न भने दुवाचौर मैदानमा हुने खेल सोमबारसम्म चल्ने छ । मेलम्ची ७ र मेलम्ची ९ बिचको उद्घाटन खेलमा मेलम्ची ७ बिजयी भएको छ । प्रतियोगिताको बिजेताले ७५ हजार दोस्रो ३५ र तेस्रो हुनेले ५ हजार पुरस्कार पाउने आयोजकका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो ।
