सम्पर्क

डडुवा सहकारीको साधरण सभा सम्पन्न

डडुवा बचत तथा ऋण सहकारि संस्थाको १३ औ बार्षिक साधरण सभा सम्पन नभएको छ । नगरपालिका वडा न १४ का वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भयो । उद्घाटन समारोहमा सहभागी शेयर सदस्य प्रमुख अतिथि, विशेष अतिथि लगायतलाई स्वागत गर्दै डडुवा तथा ऋण सहकारि संस्थाको उपाध्यक्ष जीवन कृष्ण नेपालले १३ औ बार्षिक सभाको अवशरमा सहकारी संस्थाको कार्यक्रममा उपस्थितहरुमा हार्दिक स्वागत गर्नु भएको थियो । संस्थाका सचिव भेष बहादुर नेपालद्वारा सञ्चालित सभा मानव प्रबेशि शेयर सदस्यहरुलाई टीका र माला लगायर स्वागत गरिएको थियो । सहकारि संस्थामा यस अघि ३९० जना शेयर सदस्य रहेको र नयाँ प्रबेश गरेका १२ जना समेत गरि जम्मा ४०२ जनाशेयर सदस्य रहेको उक्त सहकारीको बार्षिक साधारण सभामा प्रतिबेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष केशब प्रसाद नेपालले २०७७÷७८ मा प्रबेश गर्दा सहकारी संस्था सुदृढ पाएको बताउनु हँुदै २८०८०० शेयर पुँजी रहेको बताउदै आगामि दिनमा यसको बृद्दि गरिने बताउनु भयो । उहाँले संस्थालाई नमुना सहकारी बनाउने योजना रहेको समेत बताउनु भयो । कार्यक्रममा सफलताको सुभकामना मन्तब्य दिदै गाउँले सामुदायक वन सहकारी संस्थाका अध्यक्ष ध्रुब बस्नेतले सहकारी साधारण सभाको सफलताको कामना गर्नु भयो । उहाँले सहकारी संञ्चालकहरुका बारेमा बाहिर कुरा गर्ने होईन साधारण सभामा कुरा राखेर आफ्ना समस्या बताउदा मात्र समस्या समधान हुने बताउनु भयो । यसैगरि व्राईट भिजन बोर्डिङ स्कुलका प्रधानाध्यापक सन्त धिमिरेले सहकारिलाई पनि शिक्षाको गुरु पनि भन्दा फरक नपर्ने बताउदै कुनेै पनि समस्या समधानमा समहुगत रुपमा सहयोग गर्ने समुहलाई सहकारी भनिन्छ त्यसैले हरेक विद्यालयका विद्यार्थि र शिक्षकहरुलाइ प्रोत्साहन गर्न आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै डडुवा तरकारि तथा फलफुल समुहका अधयक्ष उद्धव नेपालले सहकारिताको माध्यमबाट काम गरिरहेको डडुवा बचत तथा ऋण सहकारि संस्थाले शेयर सदस्यहरुको माग बमोजिम समस्या समधानगर्न अगाडि बढेकोमा विशेष धन्यबाद दिनुभयो । श्री सेती देबि आधारभुत बिद्यालयका प्रधानाध्यापक ऋषीराम नेपालले डडुवा बचत ऋण सहकारी संस्थाले वडाबासिलाई गरेको सहयोगका बारेमा चर्चा गर्दै सहकारिले शिक्षाको क्षेत्रमा पनि सहकारिले सहयोग गरेको देखिएकोले सहकारी सञ्चालकलाई विशेष धन्यबाद ब्यक्त गर्नु भयो । लोकप्रिय नेत्रज्योति सञ्चार समुहका कार्यकारि प्रमुख नेत्र बहतदुर बस्नेतले डडुवामा रहेको सहकारिहरु मध्य नेत्रज्योति कृषि सहकारि सस्था र डडुवा बचत तथा ऋण सहकारि ले राम्राकाम गरेको बताउदै अनुदान मात्र लिने सहकारि र काम गर्ने सहकारीमा धेरै फरक देखिएको बताउनुभयो । संस्था विशुद्ध स्वतन्त्र संस्था भएकोले राजनीति हस्तक्षेप हुन नहुने बताउनु हुँदै अनुदानमा मात्र चल्ने संस्थाले काम गर्न नसक्ने बताउँनु भयो । उहाँले गतबर्ष अनुदान लिएर मल ल्याउने सहकारी कहाँ गए भन्दै अनुदानमा त्रलिने होकी स्थानिय शेयर सदस्यको पनि समस्या समाधानगर्ने भनीप्रश्न राख्दै वडा बाट मलल्याउन अनुदान पाएका सहकारीहरुले यस बर्ष पनि मलल्याउन पर्ने बताउनु भयो । त्यसै गरि डडुवाबचत रिण सहकारि संस्थाका सस्थापक कोषाध्यक्ष दामोदर सापकोटाले डडुवा बचतको प्रतिष्ठा सहकारीको निरन्तरता भन्ने मुलनाराका साथ शुरु भएको सहकारीले गरेको प्रगतिको हिंस्सा शेयर सदस्यहरुको भएको बताउनु भयो । डडुवा बचत तथा सहकारी संस्थाका लेखा संयोजक समेत रहनु भएका डडुवा भवानी शङ्ककर मा.बि.का प्रधानध्यापक जन हितदुग्ध सहकारि संस्थाको अध्यक्ष बद्रि प्रसाद नेपालले डडुवामा रहेका सहकारी मध्य गाउँले सहकारि सस्थाको साधरण सभाहुन नसकेको प्रतिचासो दिदै सबै ब्यबस्थापनपारदर्सि भएको संस्थामा मात्र सुशान भएको मानिन्छ भन्नुभयो । कार्यक्रमका प्रमुख अतिथि वडा अधयक्ष शेरबहादुर श्रेष्ठले वडा भित्र रहेका सबै सहकारी संस्थालाई समान रुपमा अनुदान सहयोग गरेको बताउँनु हुँदै १३ औं बार्षिक साधरण सभाले अझबढी कार्यक्रम ल्याइशेयर सदस्यको मन जित्न सफल भएकोमा बिशेष धन्यबाद दिनुभयो । संस्थाका कोषाध्यक्ष सीता बस्नेतले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा परिक्षण प्रतिबेदन संस्थाका कमप्युटर अपरेटर बिनम पराजुलिले प्रस्तुत गर्नुभएको थियो । प्रतिबेदन मागत बर्ष भन्दा यस बर्ष आर्थिक प्रगति तर्फ अगाडि रहेको जनाइएको छ ।