सम्पर्क

अध्यक्ष तामाङद्वारा भुकम्प स्मारक भृकुटी शान्ति पार्कको उद्घाटन

इन्द्रावती गाउँपालिकामा निर्मित भुकम्प स्मारक भृकुटी शान्ति पार्कको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङद्वारा उद्घाटन भएको छ । शनिबार एक कार्यक्रमका बिच सो पार्कको उद्वाटन भएको हो । सो पार्क पहिलो र दोस्रो चरणमा गरि निर्माण भएको थियो । पहिलो चरणमा ३४ लाख र दोस्रो चरणमा ९६ लाखको लागतमा निर्माण भएको हो । पहिलो चरणमा छ्योर्तेन बनाउने काम भएको थियो भने दोस्रो चरणमा ल्यान्ड स्केपिङ, सिँडि बनाउने काम, भृकुटीको सालिक, सौचालय, दुवो, चिल्ड्रेन पार्क, भृकुटी शान्ति पार्क, तारवार लगायतको काम भएको थियो । २०७२ सालको भुकम्प बाट इन्द्रावती गाउँपालिकामा ५४८ जनाको मृत्यु भएको थियो । सोहि मृतकहरूको सम्झनामा सो भुकम्प स्मारक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारि दिनुभयो । नेपाल र तिब्बतको सम्बन्धलाई जोड्ने ऐतिहासिक ब्यक्तित्व भृकुटी देवी लिच्छवीकालकी राजकुमारी थिइन । भृकुटीलाइ तिब्बतका राजा स्रङचङ गोम्पोले विवाह गरेको इतिहासमा उल्लेख छ । उनलाई “हरिततारा“ को नामले पनि चिनिन्छ । तिब्बती राजा स्रङचङ गोम्पोको बढ्दो शक्ति सामु मित्रता बढाउन छोरी दिएर नेपालका राजाले सम्वन्ध जोडेका थियो । भृकुटी इन्द्रावती नदी तरेर थाकन ह्युल्सा (हालको नवलपुर ) हुँदै नेपाल तिब्बत सिमाना पार गरि तिब्बत पुगेको कुरा यस क्षेत्रको जनमानसमा छ । भृकुटी तिब्बत गएपछि त्यहाँ बौद्व धर्मको व्यापक प्रचार हुन पुग्यो र नेपाली बास्तुकलाको समेत प्रचार भयो । भृकुटीको अद्वितिय ऐतिहासिक देनलाई बदर गर्दै नेपाल सरकारबाट उनलाई राष्ट्रिय विभूती घोषणा गरिएको छ । भृकुटीको महत्वपुर्ण योगदानलाई चिर स्थायी बनाउन इन्द्रावती गाउँपालिकाले शालिक सहितको स्तम्भ स्थापना गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले जानकारि दिनुभयो । कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष तामाङले अब आउने सरकारले भृकुटीको अध्ययन र अनुसन्धान गर्ने बताउनुभयो । उहाँले नौलिङको सिर देखि भिमटारको बगर सम्म अध्ययन गरेर इन्द्रावतीको बिकास गरेको जानकारि दिनुभयो । ’खेलकुदबाट समृद्व बनाउन रंगशाला बनायौँ, सुगमता चाहिने रहेछ भनेर बाटोलाई प्राथमिकता दियौँ, आर्थिक संबृद्वि हुनु अवको आवस्यकता हो, अब कृषि, पर्यटन लगायतमा जोड दिन जरूरी छ ’, उहाँले भन्ुनुभयो ।
’संघियता पछि सबैजना खटेका छौ’, कार्यक्रममा मन्तब्य राख्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले भने ’इन्द्रावती प्रसंशनिय छ । एउटा टिमले राम्रो सोच्यो भने धेरै काम गर्न सकिने रहेछ । म यहाँ आएको तीन महिना भयो, १ घर १ धारा, सडक ब्यबस्थित, सुबिधासम्पन्न कलात्मक गाउँपालिका भवन, गुम्बा, सिँचाई, महिला सशक्तिकरण जस्ता क्षेत्रमा उल्लेख्य काम भएको पाएँ ।’
यसैगरी इतिहासकार तथा प्राध्यापक डा. दिनेस राज पन्तले यो ऐतिहासिक रूपमा निर्मित भएको भृकुटी पार्कले पर्यटक भित्राउन पनि महत्वपुर्ण भुमिका खेल्ने बिस्वास ब्यक्त गर्नुभयो । यस पार्कमा अध्ययन गर्न देश तथा बिदेशबाट मानिसहरू आउने र समृद्व इन्द्रावती बन्न भुमिका खेल्ने उनले बताउनुभयो ।
नेपाली कांग्रेस महासमिति सदस्य बासुदेव अधिकारीले भने ’सिपाघाट देखि नौलिङ सम्म बिकास नभएको ठाउँ छैन । एक तामाङको छोरा अध्यक्ष भएर सबै धर्मको संरक्षणमा योगदान पुराउनुभएको छ ।’
सोहि अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सदस्य नवराज भट्टराईले भने ’बिकास निर्माणको काम ढाकेर ढाकिने छैन, छेकेर छेकिने छैन, वंशलाल तामाङको आँखा पुगेको ठाउँमा बिकासको राम्रो काम गर्नुभएको छ । वंशलाल दाईले बिकासको बाटो देखाउनुभएको छ ।’
त्यस्तै नेकपा माओवादी केन्द्र इन्द्रावती गाउँपालिका अध्यक्ष नुन बहादुर सापकोटाले सैद्धान्तिक हिसावले इन्द्रावती गाउँपालिकामा राम्रो काम भएको बताए । ’इन्द्रावतीमा वंशलाल तामाङज्युले राम्रो काम गर्नुभएको छ । बिकासका राम्रा कामहरू भएका छन ।’ उहाँले भन्ुनुभयो ।
कार्यक्रमको सभापतीत्व इन्द्रावती गाउँपालिका ३ का वडा अध्यक्ष देव प्रसाद बानियाले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष वंशलाल रहनुभएको थियो । कार्यक्रममा इतिहासकार, विभिन्न पार्टिका प्रतिनिधि, प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।