सम्पर्क

गुन्साका बालवालिलाई निरन्तर विद्यालय पठाउन शिक्षक, अभिभावकसँग समन्वयात्मक कार्यक्रम सम्पन्न

चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं १ को आर्थिक सहयोग, श्री सेती देवि माध्यमिक विद्यालय सक्रिय किशोर किशोरी समुहसँगको समन्वय र आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजनामा वालवालिकाहरुलाई निरन्तर विद्यालय पठाउन शिक्षक, अभिभावकसँग समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ । आईतबार चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं १ स्याउले गुन्सामा कार्यक्रम सम्पन्न भएको थियो । आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङको सभाध्यक्षता, चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं १ का वडा अध्यक्ष सानुकान्छा श्रेष्ठको प्रमुख आतिथ्यता, अतिथि सेती देवि माध्यमिक विद्यालयका प्रधानाध्यापक सालिक रामवली, सेती देवि माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष साथै सक्रिय किशोर किशोरी समुहका संयोजक निरमाया लामा, शिक्षक प्रदिप कोइराला अभिभावक,वालवालिकाहरुको उपस्थिती रहेको थियो । विद्यालय जान छाडेका वालवालिकाहरुको पहिचान गरि वालवालिकाको घर घरमापुगि के कारण विद्यालय जान छाडेका वालवालिका र अभिभावकसँग प्रत्यक्ष रुपमा भेट गरि वालवालिकालाई निरन्तर विद्यालय पठाउन ३ दिन किशोर किशोरी समुहका संयोजक, स्वयमसेवक र संस्थाका कर्मचारीको सहभागितामा शैक्षिक घर दैलो कार्यक्रम सञ्चालन गरिएको थियो । शैक्षिक घर दैलो कार्यक्रम पश्चात घर दैलो कार्यक्रमबाट पहिचान गरिएका समस्याहरुलाई समाधान गर्न के गर्न सकिन्छ र यसका लागि विद्यालय शिक्षक,स्थानिय निकाय,अभिभावक साथै वालवालिकाको भुमिका के रहन्छ भन्ने विषयमाथि छलफल गरिएको थियो । वालवालिकालाई निरन्तर विद्यालय पठाउन शिक्षक,अभिभावकसँगको समन्वयात्मक कार्यक्रम गरिएको हो । आर्थिक समस्याका कारण ,अभिभावकमा शिक्षाप्रति सचेतनाको कमी ,कोभिड–१९ काकारण समय समयमा विद्यालय बन्द भई रहदा वालवालिका विद्यालय जान छाडेका, वैदेशिक रोजगारीको प्रलोभनमा परि वालवालिका वैदेशिक रोजगारीमा प्रलाभित भइरहेको, शैक्षिक शिक्षाको अभावका वालविवाह जस्ता समस्यामा वालवालिकाहरु परिरहेको, अभिभावकले शिक्षालाई भन्दा घरायसी कामलाई वढि प्राथमिकता दिई रहेको विषयमाथि कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रममा शिक्षाको गुणस्तरमा वृद्धि गर्न वडा स्तरबाट र विद्यालयबाट आवश्यक सहयोग र पहल निरन्तर रुपमागरि रहने र नयाँ शैक्षिक सत्रबाट विद्यालयले पनि घर दैलो कार्यक्रम सञ्चालन गर्ने भनाई वडा अध्यक्ष र सेती देवि माध्यमिक विद्यालयका प्रधानाध्यापकले दिनु भएको थियो । वालवालिकालाई निरन्तर विद्यालय पठाउनका लागि अभिभावकहरुलाई शिक्षाको महत्वबारे जानकारी घरायसीकामलाई भन्दापनि शैक्षिक गुणस्तरलाई प्राथमिकता दिन पहल गर्ने साथै निम्न आर्थिक अवस्था भएका वालवालिका पहिचान गरि वडा स्तर,सम्बन्धित निकाय, विद्यालयबाट आवश्यक सहयोग उपलब्धता गराई वालवालिकाहरुलाई निरन्तर विद्यालय जान प्रोत्साहन गरी विद्यालय गएको नगएको अनुगमन किशोरी किशोरी समुहबाट गर्ने निष्कर्ष कार्यक्रमबाट भएको थियो ।