नेपाली कांग्रेसको क्रियासिल सदस्य भन्दै ८ कक्षा पढ्ने बिद्यार्थीलाई नेकपा एमाले सिन्धुकोटले पार्टी प्रवेश गराएको छ । हिजो चैत ५ गते पार्टि कार्यालय उद्घाटनको अवसर पारेर उनिहरूलाई प्रवेश गराईएको हो । नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु भन्दै कुमार परियार, अर्विन परियार, राजन परियार र सुजन पन्चकोटिलाई नेकपा एमालेले पार्टी प्रवेश गराएको छ । नेपाली कांग्रेस मेलम्ची ५ सिन्धुकोटका वडा सचिव राजेन्द्र प्रसाद नेपालका अनुसार उनिहरू श्री सिन्धुपुराना गाउँ माबिका कक्षा ८ देखि १० सम्मका बिद्यार्थीहरू हुन ।उक्त प्रवेश गराईएका ब्यक्तिहरू अबोध बिद्यार्थी भएको र अबोध माथि राजनीति थोपरेको महसुस गरिएको सचिव नेपालले बताउनुभयो । अबोध माथी राजनिति नगर्न पनि सचिव राजेन्द्र प्रसाद नेपालले एमालेलाई चेतावनी दिनुभएको छ । नेपाली कांग्रेसको वेबसाइटमा समेत कृयासिल सदस्य नभएको ब्यक्तिलाई नेपाली कांग्रेसको ब्यक्ति भन्दै भ्रामक प्रचार गरि नेपाली कांग्रेस लाई कमजोर बनाउने खेल एमाले बाट भएको नेपाली कांग्रेसका नेताहरूले बताएका छन ।नेपाली कांग्रेस सिन्धुपाल्चोकका सदस्य समेत रहनुभएका चतुरमान तामाङले प्रवेश गराइएका ब्यक्तिहरू नेपाली कांग्रेसको क्रीयासिल सदस्य नभएको र भ्रमिक पोस्टहरू नगर्न समेत सुझाव दिनुभएको छ । पार्टी कार्यालय उद्वाटन तथा पार्टी प्रवेशको अवसरमा नेकपा एमालेका नेता बालकृष्ण देउजा, चिरन तामाङ, वडा अध्यक्ष सुदर्शन लुइटेल लगायतको उपस्थिति रहेको थियो । नेकपा एमाले, मेलम्ची ५ सिन्धुकोटले हिजो चैत ५ गते पार्टि कार्यालय उद्घाटनको अवसर पारेर सो ब्यक्तिहरूलाई पार्टी प्रवेश गराएको थियो ।
