सम्पर्क

चौतारा बजारमा सवारी पार्कीङमा कडाई

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्वर ५ को चौतारा बजार मूख्य वजार हो । यो बजारमा अव्यवस्थित सावारी पार्कीङ बढेकोले आगामी दिनमा थप कडाई गरिने जिल्ला प्रहरी कार्यालयको सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको यातायत व्यवसायी चौतारका स्थानीय व्यवसायी, सवारी संचालक, सामुदायिक प्रहरी र नागरिक संस्थाहरुको प्रतिनीधिहरुको उपस्थीतिमा आईतबार बसेको सामूहिक छलफलमा चौताराको बजार व्यवस्थापन र ट्राफिक व्यवस्थापन सम्वन्धि निर्णय भएको हो । फुटपाथको व्यवस्थापन वडा कार्यालयले गर्ने, कार्यालय र स्कुल समयमा विहान ९ बजेदेखी १० बजेसम्म यात्रुबहाक सवारी गति सिमित गरेर मात्र आवगमन गर्न दिने,मालबाहक सवारीलाई भने बिहान ९ बजे अगावै, दिनको ११ वजेबाट ३ बजेसम्म र बेलुका ५ बजेपछि मात्र बजार क्षेत्रमा चलाउन दिने निर्णय भएको छ ।