ज्यामिरेमा विश्व बालश्रम विरुद्धको दिवस मनायो
मेलम्ची नगरपालिका वडा नं ९ ज्यामिरेमा विश्व बालश्रम विरुद्धको दिवस मनाइएको छ । सो अवसरमा वडा स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरीएको छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रूपमा मनाउन थालिएको हो । मेलम्ची नगरपालिका ९ नं. वडा कार्यालय र वडा बाल संजालको संयुक्त आयोजनामा “बालश्रम मुक्त वडा बनाउन विद्यार्थीको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो । सो प्रतियोगितामा सातकन्या माध्यमिक विद्यालयका सविन तामाङ प्रथम हुनुभएको छ । त्यस्तै द्वितीय र तृतीय स्थान क्रमशः जनता माध्यमिक विद्यालयका नविना बस्नेत र गोल्मेश्वरी आधारभूत विद्यालयकी सविना भएको छ । प्रतियोगित...
