सम्पर्क

गुणस्तर शिक्षाको लागी सबै लाग्न बोहोराको अनुरोध

 

शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्ने बताए ।गाउँपालिकाको बिकास को लागि आफू रातदिन नभनी लाग्ने र सबैलाई त्यसरी नै लाग्न र सहयोग गर्न त्रिपुरा सुन्दरी गाँउपालिकाका अध्यक्ष भक्तध्वज बोहराले अनुरोध गर्नु भएको छ । नेपाल शिक्षक संघ त्रिपुरासुन्दरीगाँउपालिकाले गरेको गाउँपालिकमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाले सरकारले तोकेको विद्यालय कर्मचारी को न्युनतम तलब समेत नदिएकोले आफू दिलाइदिने समेत बोहोराले बताउँनु भयो । उँहाले आफुले राजनीतिक प्रतिशोधको भावना राखी काम नगर्ने र हिजो पार्टीको थिएँ अब साझा भएर काम गर्ने स्पस्ट पार्नु भयो । सम्मानित हुनु हुने जनप्रतिनिधिहरुमा गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा ,उपाध्यक्ष गिताकुमारी नेपाल ,वडा न१ घोर्थलीका वडा अध्यक्ष सिताराम थापा,वडा न २ चोकटि का वडा अध्यक्ष रमेश राउत,वडा न ३धुस्कुन का वडा अध्यक्ष शिवकुमार कार्की वडा न ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजु(बिजय)वडा न ५ तौथलिका वडा अध्यक्ष यादप श्रेष्ठ ,वडा न ६ टेकानपुर का वडा अध्यक्ष रमेश बोहरा रहनु भएको छ। सिद्धीकाली आधारभुत बिद्यालय सुनकोसी मा सम्पन्न भएको कार्यक्रम शिक्षक संघ त्रिपुराको सचिव बलराम नेपाल ले संचालन गर्नु भएको थियो । नेपाल शिक्षक संघ त्रिपुरासुन्दरी गाँउपालिकाको अध्यक्ष तेजबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको शिक्षक महासंघ त्रिपुराको सदस्य रामनन्दन शाहले बताउँनु भयो । यसै गरी सुनकोसी समाज त्रिपुरासुन्दरी ३ धुस्कुनले पनि पालिकाबाट निर्वाचित जनप्रतिनिधि हरुलाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको सुनकोसी समाजको रुजन श्रेष्ठले जानकारी दिनु भएको र सुनकोसी समाजले शिक्षा ,स्वास्थ लगायत मानवीय सेवा गर्दै आएको समाजको अध्यक्ष जल्पना श्रेष्ठले बताउँनु भएको पत्रकार पृथ्वी जङ्ग पाण्डेले जानकारी गराउँनु भएको छ ।