तत्काल तातोपानी भन्सार कार्यलयले भन्सारमा रहेको रासायनिक मल व्यवसायीलाइ पठाउँने भएको छ । नेपाली काँग्रेस का केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको बिशेष पहलमा तत्काल भन्सारमा रहेको मल बितरणको लागी भन्सार कार्यलयले आबश्यक प्रकृया शुरु गर्ने भएको छ । यसका लागी शुक्रबार मल खरिद गरेका ब्यबसायीहरुलाइ तत्काल भन्सार बाट लैजानका लागी ब्यवसायीहरु सँग छलफल हुने भएको भन्सार प्रमुख नारद गौतमले जानकारी दिनु भयो । बस्नेतको पहलमा भन्सार कार्यलयमा बाह्रबिसे नगरपालिका प्रमुख उपप्रमुख, भोटेकोसी गाउँपालिका प्रमुख उपप्रमुख सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, सहीत तातोपानी भन्सार कार्यलय प्रमुखसंग कार्यकक्षमा प्रत्यक्ष भेट गरि समस्याको बारेमा ध्यानाकर्षण गराउदै यथाशीघ्र रासायनिक मललाई नितिगत संयन्त्र निर्माण गरि वितरणको महत्वपूर्ण र अत्यावश्यक कार्य सम्पादन गर्न÷गराउनको लागि आवश्यक प्रक्रिया सुचारु गर्नको निमित्त सहयोग पु¥याउन अनुरोध गरेको थियो ।
यस सम्बन्धी मोहन बहादु बस्नेतले यथाशीघ्र आवश्यक कार्य सम्पादन गर्ने प्रतिबद्धता जाहेर भएको छ । तसर्थ, यथाशीघ्र भन्सार कार्यलयको तर्फबाट प्रतिबद्धता अनुरुपको कार्य सम्पादन हुनेमा विश्वस्त हुँदै रासायनिक मलको अभाव न्युनिकरण भई कृषक दाजुभाइ दिदिबहिनीहरु लाई कृषि कार्य संचालन गर्न सहयोग पुग्ने कुरामा विश्वस्त छु भन्नु भएको छ ।
उँहाले
मिति २०७९ जेठ २५ गते नेपाली कृषक दाजुभाई दिदीबहिनीहरुले मुख्य कृषि कार्य शुरु गर्ने समय शुरु हुन लाग्दा भोग्नुपरेको मलखाद अभावको समस्या र तातोपानी भन्सारमा थुप्रीएर रहेको रासायनिक मलको विषयलाई मध्यनजर गरि म स्वयं लगायत बाह्रबिसे नगरपालिका प्रमुख उपप्रमुख, भोटेकोसी गाउँपालिका प्रमुख उपप्रमुख सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, नेपाली काङ्ग्रेसप्रती आस्था राख्नुहुने विभिन्न तह र तप्काका नेता कार्यकर्ता साथीहरुले संयुक्त रुपमा तातोपानी भन्सार कार्यलय प्रमुखसंग कार्यकक्षमा प्रत्यक्ष भेट गरि समस्याको बारेमा ध्यानाकर्षण गराउदै यथाशीघ्र रासायनिक मललाई नितिगत संयन्त्र निर्माण गरि वितरणको महत्वपूर्ण र अत्यावश्यक कार्य सम्पादन गर्न÷गराउनको लागि आवश्यक प्रक्रिया सुचारु गर्नको निमित्त सहयोग पु¥याउन अनुरोध सहित छलफल गरेका छौं ।
उक्त छलफल अनुसार तातोपानी भन्सार कार्यलयबाट रासायनिक मल वितरण गर्ने कार्यको लागि यथाशीघ्र आवश्यक कार्य सम्पादन गर्ने प्रतिबद्धता जाहेर भएको छ । तसर्थ, यथाशीघ्र भन्सार कार्यलयको तर्फबाट प्रतिबद्धता अनुरुपको कार्य सम्पादन हुनेमा विश्वस्त हुँदै रासायनिक मलको अभाव न्युनिकरण भई कृषक दाजुभाइ दिदिबहिनीहरु लाई कृषि कार्य संचालन गर्न सहयोग पुग्ने कुरामा विश्वस्त छु भन्नु भएको छ ।
