नेपाल शिक्षक संघ त्रिपुरासुन्दरीले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । सम्मानित हुने जनप्रतिनिधिहरुमा गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा ,उपाध्यक्ष गिताकुमारी नेपाल ,वडा नं. १ घोर्थलीका वडा अध्यक्ष सिताराम थापा,वडा न २ चोकटि का वडा अध्यक्ष रमेश राउत,वडा न ३ धुस्कुनका वडा अध्यक्ष शिवकुमार कार्की वडा न ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजु (बिजय)वडा न ५ तौथलिका वडा अध्यक्ष यादप श्रेष्ठ ,वडा न ६ टेकानपुर का वडा अध्यक्ष रमेश बोहरा रहनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि भक्तध्वज बोहराले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्ने बताउनुभयो । गाउँपालिकाको बिकास को लागि आफू रातदिन नभनी लाग्ने र सबैलाई त्यसरी नै लाग्न र सहयोग गर्न अनुरोध गर्नुभयो । त्रिपुरासुन्दरी गाउँपालिकाले सरकारले तोकेको विद्यालय कर्मचारी को न्युनतम तलब समेत नदिएकोले आफू दिलाइदिने बताउनुभयो । आफुले राजनीतिक प्रतिशोधको भावना राखी काम नगर्ने र हिजो पार्टीको थिए अब साझा भएर काम गर्ने बताउनुभयो । कार्यक्रम शिक्षक संघ त्रिपुराको सचिव बलराम नेपालले संचालन गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व शिक्षक संघ त्रिपुराको अध्यक्ष तेजबहादुर बस्नेतको सभापतित्वमा भएको थियो । कार्यक्रम सिद्धीकाली आबि सुनकोसी मा सम्पन्न भएको शिक्षक महासंघ त्रिपुराको सदस्य रामनन्दन शाहले बताउनुभयो । त्यसैगरी सुनकोसी समाज त्रिपुरासुन्दरी ३ धुस्कुनले पनि पालिकाबाट निर्वाचित जनप्रतिनिधि हरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको सुनकोसी समाजको रुजन श्रेष्ठले बताउनुभयो । सुनकोसी समाजले शिक्षा ,स्वास्थ लगायत मानवीय सेवा गर्दै आएको समाजको अध्यक्ष जल्पना श्रेष्ठले बताउनुभयो ।
