सम्पर्क

जुगलको विकट गाउँ याङ्लाकोटमा स्वास्थ्य केन्द्र सँगै बर्थिङ सेन्टर

जुगल गाउँपालिका– ७ को विकट गाउँ याङालाकोटमा आधारभूत स्वास्थ्य सेवा केन्द्र र बर्थिङ सेन्टरको बुधबार एक कार्यक्रमबीच पालिका अध्यक्ष रेशम स्याङ्बोले उद्घाटन गर्नुभएको छ । फेज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको ४ कोठे भवन स्वास्थ्य मन्त्रालयबाट बिनियोजन भएको ३८ लाख रकम र स्थानीय ८५ जनाले एक हजार देखि ६६ हजारसम्म सहयोग गरेर ६ लाख ७१ हजार रकम सङ्कलन गरेर जग्गा खरिद गरि स्वास्थ्य भवन बनाईएको प्रशासकीय अधिकृत लोकबहादुर बिकले जानकारी दिनुभयो । उहाँका अनुसार बर्थिङ सेन्टर स्थापनाको लागि पालिका उपाध्यक्ष हिमाल कुमार श्रेष्ठले विशेष समन्वय गर्नुभएको हो । स्वास्थ्य सेवा केन्द्र र बर्थिङ सेन्टरको उद्घाटन नवनिर्वाचित जनप्रतिनिधि बधाई तथा सम्मान कार्यक्रमकको अवसर पारेर गरिएको थियो । कार्यक्रममा पालिका अध्यक्ष रेशम स्याङ्बो, उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सभापती जंग लामा, ७ नम्बर वडाका अध्यक्ष रबि लामा, प्रशासकीय अधिकृत लोकबहादुर बिक, जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।