सम्पर्क

फड्के पुलमा क्षति पुगेपछी तत्काल मर्मत

भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुर्याउन थालेको छ । बाढीले मेलम्ची ११ स्थित फट्टेको पुलमा क्षति पुगेपछि यातायात सेवा समेत अवरूद्व भएसँगै राती पुलमा क्षति पुगेको थाहा पाएपछि मेलम्ची नगरपालिकाका मेयर एका बिहानै फटे पुग्नुभयो । पुलमा क्षति पुगेको थाहा पाएपछि मेयर तामाङले सो पुल मर्मत गर्न निर्देशन दिएको केही समयमै काम सुरू भएको छ । मेलम्ची नगर प्रमुख आईतमान तामाङ र मेलम्ची ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ सहितको टिम गए रातीको बर्षाका कारण आंशिक क्षति भएको सो पुलको मर्मतको लागि खटिनुभएको थियो ।