सम्पर्क

काँग्रेसका श्रेष्ठ प्रमुख ,उपमा एसका नेपाल

जिल्ला समन्वय समिती सिन्धुपाल्चोक नेपाली काँग्रेस र समाजबादी मिलेर बन्ने भएको छ । यही जेठ २९ गते हुने जिल्ला सम्मन्वय समितीको चुनावका नेपाली कांग्रेसबाट जिससको प्रमुखमा बाह्रबिसे नगरपालिकाका वडा सदस्य बालकृष्ण श्रेष्ठ उमेदवार बन्नु भएको छ भने उपप्रमुखमा एकिकृत समाजवादिबाट बलेफी गाँउपालिका वडा नं ४ का सदस्य पदमनाथ नेपालले उमेरदवारी दिनुभएको छ । दुई दलकाबीच गठबन्धन भएसँगै जिससमा बहुमत पुगेको छ । कांग्रेसलाई जिससमाआफ्नो नेतृत्वका लागि एक भोट अपुग भएको थियो । चौतारा साँगाचोकगढी नगर पालिकाका उपप्रमुख सिता थापाले एकिकृत समाजबादी पाटीको निर्णय अनुसार प्रमुखमा नेपाली काँग्रेसको बालकृष्ण श्रेष्ठलाई र उपप्रमुखमा आफ्नो दलका पदमनाथ नेपाललाई मत दिनु हुने भए पछी काँग्रेसका पुराना र पाटीको इमान्दारीतामा देखीनु भएका श्रेष्ठ प्रमुख बन्न लाग्नु भएको हो । यता एकीकृत समाजवादीलाई उपप्रमुख र एक सदस्य दिने गरी सहमति भएसंगै मनोनयन दर्ता गरीएको चौतारा सँँगाचोकगढी नगरपालिकाको उपप्रमुख सिता थापाले जानकारी दिनुभयो । सिन्धुपाल्चोकमा बाह्र स्थानीय तह रहेको जिल्लामा जिससमा हुने २४ मतमध्ये कांग्रेसको १२, एमालेको ७, नेकपा (माओवादी केन्द्र)को ४ र एकीकृत समाजवादीको १ मत रहेको छ । एकिकृत समाजबादी पार्टीले जिससमा ३ पार्टीको भन्दापनी २ पाटीको बन्दा सहजता हुने भएको र केन्द्रमा पनी काँग्रेससँगै गठबन्धन भएकोले जिल्लामा पनी काँग्रेससँग गठबन्धन गर्ने पाटीको निर्णय भएकाले आफुले पार्टीको निर्णय अनुसार काँग्रेसको गठबन्धनलाई मत दिने उपप्रमुख थापाले जानकारी दिनुभयो । यसै गरी जिसस निर्वाचनका लागि एमाले र माओवादी केन्द्रबीच पनि तालमेल भएको छ । ती दुई दलसंग ११ मत छ । प्रमुखमा माओवादी केन्द्रबाट गणेश विक र उपप्रमुखमा एमालेबाट जेपी सिलवालले उम्मेदवारी दिनुभएको छ । स्थानीय तहको निर्वाचन भएको ३० दिनमा जिसस निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।