सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तह लगायतका क्षेत्रहरुमा बसोबास गर्ने सिमान्तकृत, अति सिमान्तकृत समुदायको ज्ञान सीप र प्रकृतीक बन तथा बाताबरण सँगको सम्बन्ध को अध्ययन अभिलेखिकरण र प्रकाशन गर्ने सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम भएको छ । बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय जलधार व्यवस्थापन कार्यक्रम, डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको आर्थिक सहयोगमा राउटे, लोपोन्मुख ,सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालले सिन्धुपाल्चोकमा सक्रिय रहेका स्थानीय संस्थाहरु मार्फत यो कार्यक्रम गरिरहेको छ । कार्यक्रममा डिभिजन बन कार्यलय सिन्धुपाल्चोकका डिभिजन बन अधिकृत पदम राज नेपालले सिमान्तकृत अती सिमान्तकृत समाजका वास्तविकता मा रहेर अभिलेखिकरण गर्न र उक्त समाजको सँस्कार सँस्कृती र परम्परा समेतलाइ समेटेर समाजमा भएका परिबर्तनलाइ यथार्थमा उतार्न सक्नु पर्ने बताउँनु भयो । कार्यक्रममा सहयक बन अधिकृत कृष्ण बहादुर थापाले बिगतको अबस्था,हालको अवस्था , शिक्षा, राजनिती,पेशा, बन तथा बातबरण सँग सम्बन्ध लगायतका बिषयहरुमा केन्दीत रहेर कार्य गर्न पर्ने बताउँनु भयो । थापाले विश्व र नेपालको जनसंख्याको विवरण र जातजातिहरु नेपालमा आदिवासी जनजातिहरु, तिनका भाषा संस्कृती, जीवनआधार, भौगोलिक विस्तार, देशको विभिन्न भाग र विदेशसंगको सम्बन्ध पहुँचका बारेमा जानकारी लिनु र त्यसलाई समेटेर पुस्तक प्रकाशन गर्नुपर्ने छ । विशेषगरि सिन्धुपाल्चोक जिल्लामा भएका राउटे,माझि,थामि,भुजेल,पहरि,दनुवारको अवस्था , अध्ययन गरि जिल्लामा जनसंख्या विवरण, भौगलिक रुपमा जोखिमको अवस्था, जिल्लाका स्थानहरु, भाषा, भेष भुषा, रहन सहन, नाता सम्बन्ध, धार्मिक सांस्कृतिक अवस्था, पारिवारिक संरचना (पूरुष वा महिला प्रधान, पूरुष र महिलाको जिम्मेवारी, छोराछोरीलाई हेर्ने दृष्टिकोण राजनैतिक अवस्था राजनितिमा चासो सहभागिता । आर्थिक अवस्था उत्पादन रोजगारी बजार विनिमय आर्थिक स्वभाव सामाजिक तथा शैक्षिक अवस्था समाजमा चिनारी वा समाजमा कस्तो भनेर चिनिने महिला र पुरुषका भुमिका, महिला र पुरुषलाई हेर्ने दृष्टिकोण, साक्षरता अवस्था,शिक्षामा पहुँच, शैक्षिक लगाएत अन्य समुहसंगको सम्बन्धका बारेमा केन्द्रीत रहन पर्ने बताउँनु भयो । अन्तरक्रिया कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रा.डा. जिबेन्द्र देव गिरि संरक्षक शान्ता मानवी ले अभिलेख का बारेमा जानकारी गराउँनु भएको । बन डिभिजन कार्यलयको सभाहलमा भएको कार्यक्रममा लोकप्रिय समाचार दैनिकका नेत्रबहादुर बस्नेत लोकप्रिय नेत्र ज्योती सञ्चार समुहका कार्यक्रम संयोजक अरुण पौडेल, आदीबासी जनजाती महीला उत्थान केन्द्रका हर्क बहादुर तामाङ्ग, एकिकृत सामुदायक बिकास सरोकार मञ्चका दिल बिक्रम पत्रकार सुरेन्द्र काफ्ले सोध कर्ता राजन थामी लगायतले आआफ्नो भनाइ राख्दै हाल सम्मको कार्य प्रगती बिबरण पेश गर्नु भएको थियो । सो अबशरमा अध्यक्ष सत्यदेवी खड्काले कार्यक्रम समापन गर्दै माझी,भुजेल,दनुवार,थामि,पहरी जातिका बसोबास भएको ठाउमा गई उनीहरुको अवस्थाका बारेमा अध्ययन अनुसन्धान गरि वास्तविकता सार्वजनिक गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेकोले सोह िअनुसार काम हुन पर्ने बताउँनु भयो । प्रतिष्ठानका सचिव कुमार प्रसाद ओझाले कार्यक्रम सञ्चालन गर्दै सजै कार्यक्रमहरुमा धैयैता र वास्तविकतामा रहेर काम गर्न सकेको खण्डमा हरेक उद्धेश्य पुरा हुने बताउँदै सिन्धुपाल्चोकमा यो कार्यक्रम पर्नु सिन्धुबासीको एक अबशर पनी हो भन्नुभयो ।
