लक्ष्मण बिष्ट
सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ याङ्लाकोटमा रहेको श्री गुँरासमय हगाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड छ बर्ष पूरा गरी सातौंैं बर्षमा प्रवेश गरेको छ । सातौं वर्षमा प्रवेश गरेकै दिन पूरा गरेकै दिन कारोबार एक करोड २९ हजार नाघेको छ । २०७३ जेष्ठ २५ गतेका दिन डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भएको सस्था सुरुवातमा २५ जना सदस्य २५सय कारोबार बाट सुरु भएको सहकारीमा अहिले ८ सय सदस्य रहेका छन । गाउँमा सहकारी शिक्षाको कमि हुदा सामुदायिक बिकास तथा बाताबरण संरक्षण मञ्च र जनहित ग्रामिण सेवा समितीले सहकारी स्थापना गर्न कर्मचारीलाई तलब, बित्तीय साक्षरता आर्थिक तथा प्राबिधिक सहयोग गरेका थिए । बैंक तथा बित्तिय सस्थाहरुले सहज रुपमा ऋण दिन नसक्दा गाउँमै स्थापना भएको सहकारी सरल कर्जा दिन थालेको र सहुलियत ब्याजमा कर्जा लिइ कम्तिमा २० जनालाइ २ लाखको दरले ८% ब्याजमा युबा तथा साना व्यावसायि स्वोरोजगार बनाएको सहकारीका अध्यक्ष सुकलाल तामाङले बताउनुभयो । अहिले सहकारीले ऋण लिने सदस्यको म्यादी जीवन बिमाको लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड चौतारा शाखासँग सम्झौता गरेको छ ।
