सम्पर्क

ब्रेकिङ न्युज २

आगामी मंसरि४गते चुनाव मतदाता नामवली बन्द

ब्रेकिङ न्युज २, राजनिती, समाचार
आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ । यस सँगै निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रकृया समेत बन्द गरी निर्वाचनका कार्यक्रममा लाग्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा प्रदेस सभाको निर्वाचन मंसिर ४ गते एकै पटक गर्ने निर्णय गरेको हो । बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो।निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउमा परिणत भएको छ। सरकारले यसअघि गत वैशाख ३० मा स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गरेको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो भने यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र...

इन्द्रावतीमा दुग्ध सङ्कलन तथा प्रशोधन केन्द्र

ब्रेकिङ न्युज २, समाचार
ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ का कृषकले पशुपालन गरी मनग्य दुध बिक्री गर्न थालेपछी नयाँपानी भूमि अधिकार कृषक समूहको सक्रियतामा दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरिएको छ । खाद्य पोषण सुरक्षा आयोजना,एफएओ,सिडिसिएफको सहयोगमा बनेको दुग्ध संकलन तथा प्रशोधन केन्द्रको इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले एक कार्यक्रमबिच उद्घाटन समेत गर्नुभएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नेपालले किसानहरूलाई प्रोत्साहनका लागि विगत वर्षहरुमा दिँदै आइरहेको अनुदानमा शत प्रतिशत वृद्धि गरी प्रति लिटर ४ पुर्‍याएको समेत बताउनुभयो । उहाँले गाउँपालिका भित्रको कृषि विकास र आधुनिकीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सँघ संस्थाको खोजी भइरहेको बताउनुभयो । त्यसैगरी नयाँपानी भूमि अधिकार कृषक समूहका अध्यक्ष कुमार आचार्यले वडामा उत्पादित दूधको सदुपयोग गर्न बाहिर निर्यातका लागि दुग्ध तथा प...

१९गते देखी अरनिकोको बस पुरानो बसपार्क बाट

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सिन्धु पाल्चोक का नागरिकको समस्यालाइ ध्यानमा राखेर काठमाण्ढौ महानगरपालिकाले काठमाण्डौ बाट सिन्धुपाल्चोक लागी छुट्ने बसहरुलाइ पुरानो बसपार्कको गेटमा राखेर क्यु लगाउँन अनुमती दिएकाृ छ । लामो समय देखी बसपार्कको ठेगान नभएको पुर्ब अरनिको यातासेवा प्रालीका बसहरुलाइ यात्रीलाइ निश्चीत स्था दिन समस्या परेको थियो भनेजिल्लाबासीले पुरानो बसपार्कमा बस चढ्ने ब्यवस्था मिलाउँन माग गर्दै आएका थिए । यो समस्या समधान गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, पूर्व अरनिको यातयात प्रालिका पदाधिकारी र ट्राफिक महाशाखाबीच भएको छलफलले पूर्व अरनिको यातयातले सिन्धुपाल्चोक जिल्लामा सञ्चालन गरेका बसहरुका लागि पुरानो बसपार्कमा निर्माणधीन टावर नजिकै टिकट काउण्टर राख्न र बसपार्कबाट बस छुटाउँने सहमती भएको हो । छmफलमा ं एक समयमा चार वटा मात्रै बस सञ्चालन गर्न पुरानो बसपार्कको प्रवेशद्वार छेउमा दुई वटा दक्षिण फर्केर...

विपत जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा सुरक्षा टोली

ब्रेकिङ न्युज २, समाचार
नेपाल सरकारले विपत्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ पारित गरेको छ । आ–आफ्नो ठाउँबाट प्रभावकारी रूपमा काम गर्नुपर्ने मान्यताका साथ प्रतिकार्य राष्ट्रिय योजना निर्माण गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो । सो कार्ययोजनामा प्राकृतिक विपत्बाट बच्नका लागि सबै सरोकारवाला मन्त्रालय, प्रदेश तथा स्थानीय तहको भूमिका तथा जिम्मेवारी निर्धारण गरिएको छ । उहाँका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सातवटै प्रदेशमा सजग गराइएको छ भने प्राकृतिक विपत्का घटना भएमा नेपाली सेनाको हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको छ ।...

अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक, १७ साउन (रासस अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । अवरुद्ध सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । सडक भासिएपछि यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने–आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको थियो । अहिले यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक विभागसँग समन्वय गरी यातायात सञ्चालन गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो । –––...

एसईईको नतिजामा असन्तुष्टि भएमा पुनर्योग गर्न पाइने

ब्रेकिङ न्युज २, समाचार
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउँने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार जारी गरेको सूचनामा, साउन २७ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएर चित्त नबुझेको विषयको बारे पुनर्योग गर्न पाइने व्यवस्था गरेको छ । २०७८ सालको एसईईको परीक्षाफल बुधबार प्रकाशित भएको थियो। २०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन दिनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।    ...

छिचोलियो मध्य भोटेकोशीको सात हजार मिटर लामो सुरुङ

ब्रेकिङ न्युज २, समाचार
    सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणाधीन रहेको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सात हजार १२६ मिटर लम्बाइको सुरुङ निर्माण कार्य पुरा भएको छ । १०२ मेगावाट क्षमताको उक्त आयोजनाका सिनियर सिभिल इन्जिनियर उमेश पराजुलीले ७ हजार १२६ मिटर लम्बाइ र ५ दशमलव ७ मिटर ब्यास रहेको सुरुङको निर्माण कार्य साउन १२ गते शुक्रबार सम्पन्न भएको सुरुङमा ढलान (लाइलिङ) गर्ने कार्य शुरु भएको बताउनु भयो । उक्त आयोजनाको बाँध क्षेत्र भोटेकोशी गाउँपालिका वडा १ मा रहेको भने बाह्रविसे नगरपालिका वडा नं. ५ मा पावरहाउस रहेको छ । १०२ मे.वा. क्षमताको यस आयोजनाको औसत वार्षिक उत्पादन ५४ करोड २३ लाख युनिट रहेको छ । परामर्शदाताको रुपमा ट्रयाक्टेबल ईन्जिनियरिङ्ग (जर्मन ) रहेको छ भने ठेकेदार कम्पनीको रुपमा सिभिल र हाईड्रो मेकानिकल तर्फ ग्वाङ्सी हाईड्रो ईलेक्ट्रिक कन्सट्रक्सन ब...

सुनकोशी गाँउपालिकामा शुक्रबार गाँउ सभा बस्दै

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिकाको गाँउ सभा शुक्रबार बस्ने भएको छ । गत असार ३२ गते बस्ने भनिएको सभामा गणपुरक सख्ंयाको उपस्थिती नभएपछी १३ गते अर्थात शुक्रबार बस्न लागेको हो । पालिकाको सभा बस्न नसकेपछी पालिकाका हरेक कामहरु रोकिएका छन । पालिकाको बार्षीक निती तथा कार्यक्रम,बार्षीक बजेटको ब्यवस्था गर्न नसकेपछी पालिकाका कर्मचारीहरुलाई समेत समस्या उत्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले नागरिकको सरोकारका बिषय भएकाले यसलाई साधारण हिसाबले लिन नहुने बताउँदै गाँउसभा जस्तो महत्वपुर्ण सभामा आफुलाइ मनमा लागेका कुराहरु गर्न पाउँने र स्थानीय बिकासका लागी योजना बनाउाने काम हो यसका लागी शुक्रबार पालिकाको उपाध्यक्ष लगाएत सबै वडाका वडा अध्यक्षहरु उपस्थिती भएर गाउँ सभा हुनेमा आफु बिश्वस्त रहेको बताउँनु भयो । कुनै कारण सभा हुन सकेन भने सञ्चार कर्मीेहरु सहतिलाइ बोलाएर अन्तरक्रीय...

अबैधरुपमा नदी दोहन गर्ने डोजर र टिपर नियन्त्रणमा

बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
  जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोक ले भोटेकोसी, सुनकोसी र इन्द्रावती नदीक्षेत्रमा बग अनुगमन गर्ने क्रममा अबैध रुपमा नदी दोहन गरिरहेको अबस्थामा डोजर र टिपर लाइ नियन्त्रणमा लिइ कार्बही अगाडी बढाएको छ । पुर्ब मन्त्री नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले गैर कानुनी काम गर्ने जोकोही भए पनी कार्बाही गर्न निर्देशन दिनु भए पछी जिल्ला सम्मन्वय समितीले छड्के अनु गमनलाइ त्रिब्र बढाएको छ । बर्षतको समयमा बाढीपहिरोको उच्च जोखिम भएकाले असार १ देखि भदौ मसान्तसम्म नदीजन्य वस्तु उत्खनन् गर्न नपाउने प्रावधान छ । तर सिन्धुपाल्चोकमा भने अटेर गर्दै केही क्रसर र बालुवा तस्करले दिनरात दोहन गरिरहेको अनुगमनको क्रममा पाइएको छ ।केही समयअघिदेखि भोटेकोसी, सुनकोसी र इन्द्रावती नदीक्षेत्रमा दोहन भइरहेको भन्दै जनगुनासो आएपछि। केन्द्रीय सदस्य बस्नेतको निर्देशनमा जिल्ला समन्वय समितिका प्रमुख बा...

फरार कार्की पक्राउ

ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकष्ढी नगरपालिका १ साविक स्याउले गा.वि.स. वडा नं.९बस्ने गेद बहादुर कार्कीलाइ प्रहरलिे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतका अनुसार २०६३ मसीर २६गते कुटपिट र अङ्ग भङ्ग मुद्धामा २ बर्ष कैद सँजाय भएकोमा मा कैद सजाय नभोगी फरारा रहेकोले पक्राउ गरि अदालत पेस गरेको हो । कार्कीलाई फरार रहेको १६ वर्ष पछि यस जि प्र का सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले मिति २०७९श्रावण ७ गते दिनको ४ बजेको समयमा जिल्ला भक्तपुर ,भक्तपुर नगरपालिका वडा नं.१ सल्लाघारीबाट पक्राउ गरि २०७९श्रावण ८ गते सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा सम्मानित अदालतले निजलाई लागेको कैद सजाँय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरिएको छ ।  ...