सम्पर्क

आगामी मंसरि४गते चुनाव मतदाता नामवली बन्द

आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ । यस सँगै निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रकृया समेत बन्द गरी निर्वाचनका कार्यक्रममा लाग्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा प्रदेस सभाको निर्वाचन मंसिर ४ गते एकै पटक गर्ने निर्णय गरेको हो ।

बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो।निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउमा परिणत भएको छ। सरकारले यसअघि गत वैशाख ३० मा स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गरेको थियो।

यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो भने यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। स्थानीय निर्वाचनमा भन्दा प्रतिनिधी सभाको निर्वाचनमा करिब पाँच लाख मतदाता थपिने अनुमान गरिएको छ ।