सम्पर्क

नगर प्रमुख आइतमान तामाङ्गद्धारा चेक हस्तानन्तरण

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ्गले रु एकलाख रुपैयाको सहयोग रकम हस्तानन्तरण गर्नु भएको छ । मेलम्ची –९ गुफाका सुशील थापा मगरको उपचारका लागि एक लाख सहयोग गरिएको हो । लुकिमिया रोग संग संघर्ष गरि रहनु भएका १५ बर्षिय थापा मगर लाई वडा कार्यलयको सिफारिसमा सामाजिक संस्था हेल्पले जुटाएको रकम बुधवार मेलम्ची नगर प्रमुख आइतामान तामाङको उपस्थितिमा सुशिलको बुवा चन्द्र बहादुरलाई उपचारको लागि सहयोग स्वरुप हस्तान्तरण गरिएको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिनुभयो ।उहाँको अवस्थाको बारेमा जानकारी पाए पछि वडा कार्यलयको सिफारिसमा हेल्पको साथीहरु मिली रकम जुटाएको लामाले बताउनुभयो ।आर्थिक अवस्था निकै कमजोर रहेको र थप उपचार गर्न करिब ६–७ लाख खर्च हुन सक्ने अनुमान गरिएकोले सहयोगी मनहरुले उहाँको बुवा चन्द्र मगरलाई ९८४०५७७८३७ मा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरिएको छ ।