माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउँने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार जारी गरेको सूचनामा, साउन २७ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएर चित्त नबुझेको विषयको बारे पुनर्योग गर्न पाइने व्यवस्था गरेको छ । २०७८ सालको एसईईको परीक्षाफल बुधबार प्रकाशित भएको थियो। २०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन दिनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
