सम्पर्क

श्री कृष्ण रत्नगंगा मा.वि. चौताराको वि.व्य.स. अध्यक्ष विरुद्ध उजुरी

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका ५ स्थित रत्नगंगा माध्यमिक बिद्यालयका अध्यक्षलाई अमान्य गरी अभिभावक भेला बोलाइ अर्काे अध्यक्ष बनाउँन पर्ने माग राख्दै जिल्ला सिक्षा सम्मन्वय इकाईमा निबेदन दर्ता भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ का निमेश श्रेष्ठ र ग्याल्वो तामाङ्गले अभिभावकहरुको तर्फ बाट निबेदन दिनु भएको हो । जिल्ला प्शासन कार्यलयलाई बोधार्थ लेखीदिएको निबेदनमा विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई अमान्य घोषित गरिपाऊँ भनीएको छ । निबेदनमा प्रधानध्यापक ध्रुबलाल श्रेष्ठ,बिद्यालय,श्यामकृष्ण श्रेष्ठ , नगर शिक्षा समिती, तत्कालिन वडा अध्यक्ष लगाएतलाइ बिपक्ष बनाइएको छ । निबेदनमा निवेदकहरु कृष्ण रत्नगंगा मा.विको अविभावकतथा चौताराको स्थायी बासिन्दा भएको र विद्यालयको व्यवस्थापन समिति निर्माणका लागि आयोजित भेलामा अध्यक्ष पदको दावी समेत प्रस्तुत व्यक्ति निमेश श्रेष्ठ पनि हो । विपक्षी मध्येका कृष्ण रत्नगंगा मा.वि र सो विद्यालयका प्रधानाध्यापक धु्रवलाल श्रेष्ठले मिति २०७८।०६।१९ गते विद्यालय व्यवस्थापन समिति गठनको लागि भनी अविभावक भेला आयोजना गर्नुभएको थियो । पर्याप्त तयारी नपुगेको र सूचना सम्प्रेषण प्रभावकारी नभएकाले गर्दा उक्त भेलामा १२०० भन्दा बढी अविभावकहरु उपस्थित हुनेपर्नेमा जम्मा २७५ जनाको मात्र उपस्थिति रहेको थियो । जबकी उक्त अविभावकहरुको बहुमत उपस्थितिमा मात्रै विद्यालय व्यवस्थापन समिति गठनको प्रकृया प्रारम्भ गर्नुपर्ने हुन्छ । बहुमत बिनै विपक्षी मध्येका विपक्षी नं. ६ को अध्यक्षतामा समिति गठनको अभ्यास हुनु प्रारम्भिक दृष्टिमै शिक्षा नियमावली २०५९तथा चौतारा साँगाचोकगढी नगर शिक्षा नियमावली २०७८ विपरीत कार्य हो । अत: कानुन विपरीत गरिएको उक्तकार्य प्रथम खारेज भागी हुँदा खारेज गरी पुन: भेलाको अर्को मिति तोकी विद्यालय व्यवस्थापन समिति गठन नयाँ प्रकृया प्रारम्भ गरिपाऊँ भनीएको छ । निबेदनमा २०७८ असोज १९ गते आयोजित भेलामा ४ पदका लागि २४ जनाले उम्मेदवारी पेश गरेका कारण सहमति जुट्न नसकी भेला त्यसै स्थगित भएको थियो । घोषित दायित्व पुरा नगरी अनिश्चित कालका लागि स्थगित भएको भेला पुन: नबसी भेला बिना मिति २०७८।१०।११ गते विपक्षीहरुको मिलेमतो र अदृष्य सौदाबाजीका कारण विद्यालय व्यवस्थापन समितिको घोषणा गरियो । शिक्षा नियमावली २०५९ को नियम २९ मा व्यवस्थापन समितको अध्यक्षवा सदस्यहुन नसक्ने सम्बन्धी व्यवस्था गरिएको छ । नियम २९ को (ग) मा माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हुनका लागि कम्तीमा एस.एल.सी.वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था रहेको । उक्त योग्यताको व्यक्तिन भएको अवस्थामा मात्र कम योग्यताको व्यक्तिलाई अध्यक्ष बनाउँन सकिने भनी उल्लेख गरिएको । यसै व्यवस्थालाई नगर शिक्षा नियमावली २०७८को नियम ३४(च) मा थप परिभाषित र स्पष्ट परिएको छ । उक्त अनुसार कक्षा १–१२ सञ्चालित माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हुनका लागि सबभन्दा माथिल्लो तह वा कक्षा अर्थात् १२ कक्षा अनिवार्य रुपमा उत्तिर्ण गरेको हुनु पर्दछ । तर विपक्षीहरु नगर शिक्षा शाखा, उक्त शिक्षा शाखाका प्रमुख महेन्द्र सिंह बोहरा, नगरपालिकाको ५ नं. वडाका तत्कालीन अध्यक्ष नरमान श्रेष्ठ, विद्यालयका सो समयका प्र.अ. ध्रुवलाल श्रेष्ठले आफैंले बनाएको नियम र कानुन आफ्नै उपस्थिति र अध्यक्षतामा भएको भेलामा तोडमरोड गरी गम्भीर उल्लंघन गर्दै १२ कक्षा उत्तिर्ण नगरेको व्यक्तिलाई विद्यालयको व्यवस्थापन समिति अध्यक्षपदमा सर्वसम्मत भएको भनी अर्को १२ कक्षा उत्तिर्ण गरेको योग्यतम् व्यक्ति हुँदाहुँदै कानुन विपरीतको कार्य गर्नुभएको छ यसरी विपक्षीहरुलाई शिक्षा नियमावली २०५९ र नगर शिक्षा नियमावली २०७८ विपरीतको कार्य गर्ने छुट छैन र हुनु हुँदैन । विपक्षी मध्येका श्याम कृष्ण श्रेष्ठ विद्यालय व्यवस्थापन समितिको सदस्य सम्मका लागि मात्रै योग्यव्यक्तिलाई तोकिएको भेला स्थगित गरी सहमति हुन नसकेपछि निर्वाचन बाहेक अर्को विकल्प नभएपनि विपक्षीहरुले आम अविभावकलाई थाहा जानकारी समेत नगराई सहमति भएको भनी जबरजस्ती विना योग्यताको व्यक्तिलाई अध्यक्ष र योग्यता पुगेको व्यक्तिलाई सदस्य राखेर घोषणा गरेको समितीले मान्यता पाउँन सक्दैन । अत: शिक्षा नियमावली २०५९ र नगर शिक्षा नियमावली २०७८ को कानुनी व्यवस्था बमोजिम हाल कायम रहेको भनिएको विद्यालय व्यवस्थापन समिति स्वत: खारेज भागी छ । उक्त समितिलाई खारेज गरी विद्यालयको व्यवस्थापन समिति नयाँ गठनको प्रकृया तत्कालै आरम्भ गरिपाऊँ भनिएको छ । श्रावण ११ गते दिइएको निबेदनमा संघीय शिक्षा ऐन/नियमावली तथा सो बमोजिम निर्मित चौसागढी नगर शिक्षा ऐन/नियमावलीको अक्षरश:पालना गर्नु विपक्षीहरुको दायित्व र कर्तव्य समेत हो । तर विपक्षीमध्येका वडा अभ्यक्ष नगर शिक्षा कार्यलय ले आफैंले बनाएको स्थानीय कानुनको समेत उल्लंघन गर्नुभएको छ । विपक्षीहरुको कानुन विपरीतको कार्य रोक्नुपर्ने दायित्व यस कार्यालय उपर रहेको हुँदा उक्त कार्यलाई रोकी विद्यालय व्यवस्थापन समितिलाई अमान्य र बदर घोषित गरी पुन: समिति गठनको प्रकृया प्रारम्भ गरिपाऊँ भनीएको छ । यस सम्बन्धमा शिक्षा सम्मन्वय अधिकारी कृष्ण सुबेदी सँग सम्पर्क गर्दा निबेदन प्राप्त भएको छ । त्यस सम्बन्धमा आफुले निबेदन अध्यय गरी आवश्यक कार्य अगाढी बढाउँने बताउँनु भयो ।