सम्पर्क

ब्रेकिङ न्युज २

बिकासका को बिकासकासका लागी मोहनबहादुर बस्नेत ले जित्नै पर्छ धिताल

अन्तर्वाता, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका नगर सभापती इन्द्रलोचन धितालले सिन्धुपाल्चोक जिल्ला को हरेक बिकासका लागी मोहन बहादुर बस्नेतले जित्नै पर्ने बताउनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हाम्रा कार्यकारी सम्पादक बिपना तमागंले नगरसभापती धिताल सँग गरेको कुराकानी १ तपाँइ नेपाली काँग्रेसचौतारा साँगाचोकगढी नगरपालिकाको सभापती हुनुहुन्छ नगर सगठनका बारेमा जानकारी बताइदिनुहास न म नगर सभापती को हैसियतमा मात्र होइन म पाटीको लागी २०३४साल देखी नै प्रजतान्त्रको पक्षमा काम गर्दै आएको ब्यक्ती हु । २०३६साल देखी प्रजातन्त्र स्थपनाका लागी पाटीले खटाएको ठाँउमा बसेर काम गरिरहेको ले मलाइ पाटीको संगठन सञ्चालन गर्नका लागी साथीहरुले जिम्मा दिनुभएको हुँदा सोही जिम्मेवारी पुरा गर्दै आएको छु हाल यस पालिकामा १४ वटा वडा छन सबै वडामा साथीहरु क्रियासिल रहेका छन । साथै भात्रृ...

निर्वाचनमा मनोमानी कर्मचारी खटाएकोमा शिक्षक महासंघको आपत्ति ।

ब्रेकिङ न्युज २, समाचार
पृथ्बी जगं पाण्डे चौतारा/ जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकले क्षेत्र न १ र क्षेत्र नम्बर दुईमा मनोमानी ढंगले कर्मचारी खटाएकोमा शिक्षक महासंघ सिन्धुपाल्चोकले आपत्ति जनाएको छ।स्थानीय तहले पठाएको विवरण भन्दा फरक ढङ्गबाट शिक्षक कर्मचारीको नामावली जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकले प्रकाशित गरे पछि दिनभर हिजो समिक्षा गरि हिजो नै शिक्षक महासंघ सिन्धुपाल्चोक को जुम बैठक बसि ध्यानाकर्षण गराउने निर्णय गरेको शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमारप्रसाद खतिवडाले बताउनु भयो।उहाँको अनुसार आज शिक्षक महासंघ सिन्धुपाल्चोकको सचिवालयको बैठक पश्चात् जिल्ला मुख्य निर्वाचन अधिकृत बिदुर कोइरालालाई ध्यानाकर्षण गराएको छ।त्यस्तै महासंघले आजै प्रमुख जिल्ला अधिकारीलाई समेत जिल्ला निर्वाचन कार्यलयले गरेको विभेद बारे ध्यानाकर्षण गराएको थियो। जिल्ला निर्वाचन कार्यलय र नेपाल शिक्षक महासंघ बिच भएको छलफलमा ...

२२गते मंगलबार सार्वजनिक बिदा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम स्थीत प्रशीद्ध मन्दीर गौराती भिमेश्वरको मेला लाग्ने भएका कारण चौतारा साँगाचोकगढी नगरपालिकाकाले बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार मंगलबार एक दिनका लागी स्थानीय पर्ब बिदा दिने निर्णय भएको प्रमुख प्रशासिकय प्रमुख राम बहादुर केसीले सुचना प्रकासित गरेर जानकारी दिनु भएको हो ।...

घर दैलोमा ब्यस्त एमाले नेता तामागं

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक । गाँजा खेतीलाइ मान्यता दिदै आयआर्जन बढाउँने उद्घोषका साथ नेकपा एमाले नेता एवं सिन्धुपाल्चोक २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरबहादुर तामाङ अहिले जनताको घर दैलोमा ब्यस्त रहनु भएको छ ।शिक्षा, स्वास्थ्य, उद्योग,कलकारखाना, रोजगार ग्यारेन्टी सहितको शिक्षा लोकल रक्सि ब्रान्डिङ उँहाँको मुख्य एजेन्डा रहेको छ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सिन्धुपाल्चोक क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका तामाङ् जनताको घरदैलोमा पुगेर उहाँहरूको समस्या र गुनासो सुन्दै हुनुहुन्छ ।स्थानीको घर घरमा पुग्नुभएका तामाङलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईबासिले मनदेखि स्वागत गरेका छन् । उहाँसँगै मतदाताहरूले आत्मीयता साटिरहेका छन् । एमाले भित्र स्वच्छ छविका शालीन नेताको रूपमा परिचित नेता तामाङ भिजन भएको नेताको रुपमा चिनिनुहुन्छ ।विकासमा स्पष्ट धारण भएका तामाङ नेकपा एमालेका के...

एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
आधारभूत तहमा अध्ययनरत बालकहरु हरेक दिन कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाएर बस्दा समाधानका लागि शिक्षकहरुले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो । कारण पहिल्याउन नसकेर हैरानीमा परेका शिक्षकहरुले अहिले भने विद्यार्थीको यो रोगबाट उन्मुक्ति पाएका छन् । प्रदेश नं. ३ सरकारले एक विद्यालय एक नर्स कार्यक्रमको अवधारणा ल्याई कार्यान्वयन गरेपछि नर्सको परामर्शका कारण समस्याबाट मुक्ति मिलेको हो । ‘विद्यार्थीहरु झुम्म भएर एकोहोरो हुने गर्दथे,’ कार्यक्रम अन्तर्गत विद्यालयमा खटिएकी विद्यालय नर्स शोभा गिरीले भन्नुभयो ‘उनीहरुको अवस्था र रोगको प्रकृतिबारे परामर्श गर्दा विद्यार्थीहरुले मदिरा सेवन गर्ने गरेको भेटियो ।’ समस्या समाधानका ल...

चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पु¥याउनुहुन्छ । बिहानभरी चाउमिन पु¥याएपछि उहाँको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार हुनुभएका उहाँले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिनुभयो । सानो पुँजीमा सुरु गरेको उहाँको चाउमिन बनाउने उद्योगमा अहिले दुई जना रोजगारीमा आबद्ध हुनुहुन्छ । कक्षा १० सम्मको अध्ययन पूरा गर्नुभएका २६ वर्षिय तामाङले कुनै समय भक्तपुर चाउमिन उद्योगमा सहयोगीका रुपमा दुई वर्ष र ‘मिस्त्री’का रुपमा ६ वर्ष काम गर्नुभयो । त्यही उद्योगमा सिकेको सीपलाई परिवारको सल्लाहमा चाउमिन उद्योग सुरु गरेको उहाँको भनाइ छ । “धेरै समय बेरोजगार भएपछि बुबाआमासँग सल्लाह गरेँ, उहाँहरु मेरो योजनामा सहमत हुनुभयो”, ताम...

किसानलाई धान भित्राउने चटारो

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकका किसानलाई यतिबेला किसानलाई मंसिरे धान भित्र्याउने चटारो छ । धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकले बताएका छन् । अधिकांश क्षेत्रफलको जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ । किसानको मुख्य आम्दानी स्रोतको रुपमा धान बाली रहेको छ । धान बेचेर नै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएका छन् । धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्न थालेको अर्का किसान सिता आचार्य बताउँछन् । ‘खेत खनजोत र कृषिउपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर ट्रयाक्टर, धान काट्ने र झार्ने काममा आधुनिक मेशिनको प्रयोग बढ्दा निकै सहज भएको छ’ आचार्यले, ‘समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ...

दलहरु निर्वाचन प्रसारमा ब्यस्त

ब्रेकिङ न्युज २, राजनिती, समाचार
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै जादा सिन्धुपाल्चोक जिल्लाको २ वटा निर्वाचन क्षेत्रमा निर्वाचन चहलपहल तिब्र रुपले अगाडी बढिरहेको छ । जिल्लाका बजार तथा गाउँगाउँमा पुगेर घरदैलो कार्यक्रम सहित उम्मेद्धवारले मत माग्दै प्रचार प्रसारलाई तिब्र पारेका छन् । यसमा नेकपा एमालेले दोश्रोपटक सम्म लगातार आफ्नो कब्जामा पारेको क्षेत्रमा नेपाली काँग्रेसका विकासे नेता भनेर चिन्नु भएका गठबन्धनका साझा उम्मेद्वारको रुपमा मोहन बहादुर बस्नेत यस क्षेत्रमा प्रतिष्पर्धा गर्न आए पछी एमालेलालाई टाउको दुखाइ भएको छ भने राप्रपाका पशुपती शम्शेर पनी यस क्षेत्रमा पाटी भित्र पनी आफुनिकटका नेता गोपाल श्रेष्ठको प्रतिष्ठको बिषय रहेको भन्दै निर्वाचन प्रसार प्रचारमा लाग्नु भएको छ । गठबन्धनका साझा उम्मेद्वार मोहन बहादुर बस्नेत माओबादीका नेता बाग्मती प्रदेसका पुर्ब मन्त्री युवराज दुलाल र नेपाली काँग्रेसका युवा ने...

तातोपानीमा स्नान मेला शुरु

ब्रेकिङ न्युज २, समाचार
धार्मिक एवम पर्यटकीय दृष्टिकोणले प्रख्यात सिन्धुपाल्चोकको तातोपानी धारामा शुक्रबारदेखि एक महीने स्नानमेला शुरु भएको छ । कात्तिक महिनाभर चल्ने मेलामा स्नान गर्न हजारौं स्वदेशी तथा विदेशी भक्तजनहरू पुग्ने तातोपानी धारा संरक्षण समितिले जनाएको छ । धारा ब्यवस्थापन समितिले केही वर्षअघिदेखि भक्तजनहरूलाई स्नान गर्न सजिलो बनाउने उदेश्यले महिला र पुरूषका लागि छुट्टाछुट्टै धाराको ब्यवस्था गरेको छ । महिलाको लागि तीन र पुरूषको लागि चारवटा धाराको ब्यवस्थापन गरिएको संरक्षण समितिका बिष्णु श्रेष्ठले बताउनुभयो । २०४८ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेको कार्यकालमा तातोपानी धारा संरक्षण समिति बनेपछि धाराको मर्मत सम्भार तथा ब्यवस्थापनको काम हुन थालेको श्रेष्ठले बताउनुभयो । चौवालिस डिग्री सेल्सियस तापक्रम रहेको धाराको पानीमा गन्धकको मिश्रण भएकाले चर्मरोग तथा पेटसम्बन्धी रोग निको हुने जनविश्वा...

मेलम्ची मेयरकप ब्याडमिन्टनको उपाधी राजन र किसनको जोडि लाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
  देवराज सुवेदी, सिन्धुपाल्चोक, ६कात्तिक दोश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । आज सम्पन्न जिल्ला स्तरीय फाइनल तर्फ मेलम्चीका राजन श्रेष्ठ र किसन दुलालको जोडि पहिलो भएको छ । त्यस्तै चौताराका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठको जोडि दोस्रो र चौताराका सुरेन्द्र श्रेष्ठ र सविन श्रेष्ठको जोडि त्यस्तै बलेफिका अजय तामाङ र पूर्णबहादुर थापाको जोडि तेश्रो भएका छन् । प्रतियाृगितामा ४० बर्षमाथिका खुल्ला पुरुष डबल्समा पहिलो हुनेमा कुमार सापकोटा र राजनमान श्रेष्ठ ,दोश्रो हुनेमा नारायणलाल श्रेष्ठ र रविन बोम्जन , तेश्रो हुनेमा चौताराका उपेन्द्र गोले र अमृत श्रेष्ठ चौताराकै अजय पराजुली राकेश थापा रहेका छन् । प्रतियोगितामा पहिलो,दोश्रो र तेश्रो हुनेले क्रमशः ३३ हजार ३३३ ,२२ हजार २२२ र ११ हजार १११ रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको मेलम्ची ब्याडमिन्टन एकेडेमीका स...