प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै जादा सिन्धुपाल्चोक जिल्लाको २ वटा निर्वाचन क्षेत्रमा निर्वाचन चहलपहल तिब्र रुपले अगाडी बढिरहेको छ । जिल्लाका बजार तथा गाउँगाउँमा पुगेर घरदैलो कार्यक्रम सहित उम्मेद्धवारले मत माग्दै प्रचार प्रसारलाई तिब्र पारेका छन् । यसमा नेकपा एमालेले दोश्रोपटक सम्म लगातार आफ्नो कब्जामा पारेको क्षेत्रमा नेपाली काँग्रेसका विकासे नेता भनेर चिन्नु भएका गठबन्धनका साझा उम्मेद्वारको रुपमा मोहन बहादुर बस्नेत यस क्षेत्रमा प्रतिष्पर्धा गर्न आए पछी एमालेलालाई टाउको दुखाइ भएको छ भने राप्रपाका पशुपती शम्शेर पनी यस क्षेत्रमा पाटी भित्र पनी आफुनिकटका नेता गोपाल श्रेष्ठको प्रतिष्ठको बिषय रहेको भन्दै निर्वाचन प्रसार प्रचारमा लाग्नु भएको छ । गठबन्धनका साझा उम्मेद्वार मोहन बहादुर बस्नेत माओबादीका नेता बाग्मती प्रदेसका पुर्ब मन्त्री युवराज दुलाल र नेपाली काँग्रेसका युवा नेता कृष्ण बहादुर तामाङ लिएर निर्वाचन क्षेत्र नं. २ को घर दैलोमा तिहार तथा छठको शुभकामना आदान प्रदान गर्दै मत माग्दै घर दैलो अभियानमा लागी रहनु भएको छ भने नेकपा एमालेका शेर बहादुर तामाङ हस्त पण्डीत र चौतारा साँगाचोकगढी नगरपालीकाका पुर्ब नगर प्रमुख समेत रहनु भएका अमान सिं तामाङ सहितको टोली लिएर घरदैलो अभियानमा लागी रहनु भएको छ । यसैगरी राप्रपाका नेता तथा जिल्लाका बिगतका दिनहरुमा हस्ती मानीनु भएका पशपती शम्शेर राणा पनी गोपाल श्रेष्ठ सहीत कुमारी तामाङ, बाबुराम खड्का गोबिन्द गुरुङं सहितलाई लिएर मत माग्न घरदैलो गरिरहनु भएको छ ।
