सम्पर्क

बिकासका को बिकासकासका लागी मोहनबहादुर बस्नेत ले जित्नै पर्छ धिताल

नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका नगर सभापती इन्द्रलोचन धितालले सिन्धुपाल्चोक जिल्ला को हरेक बिकासका लागी मोहन बहादुर बस्नेतले जित्नै पर्ने बताउनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हाम्रा कार्यकारी सम्पादक बिपना तमागंले नगरसभापती धिताल सँग गरेको कुराकानी
१ तपाँइ नेपाली काँग्रेसचौतारा साँगाचोकगढी नगरपालिकाको सभापती हुनुहुन्छ नगर सगठनका बारेमा जानकारी बताइदिनुहास न
म नगर सभापती को हैसियतमा मात्र होइन म पाटीको लागी २०३४साल देखी नै प्रजतान्त्रको पक्षमा काम गर्दै आएको ब्यक्ती हु । २०३६साल देखी प्रजातन्त्र स्थपनाका लागी पाटीले खटाएको ठाँउमा बसेर काम गरिरहेको ले मलाइ पाटीको संगठन सञ्चालन गर्नका लागी साथीहरुले जिम्मा दिनुभएको हुँदा सोही जिम्मेवारी पुरा गर्दै आएको छु हाल यस पालिकामा १४ वटा वडा छन सबै वडामा साथीहरु क्रियासिल रहेका छन । साथै भात्रृ सस्थाहरुपनी सक्रिय रुपले काम गरिरहेका छन ।

 

२ आगामी निर्बचनका बारेमा नगरको स्थिती के छ
आगामी मंसीर ४ गते देस भरी प्रतिनीधीसभा र प्रदेस सभाको निर्वाचन हुँदै छ । हामी जिल्लाको २ नं क्षेत्रमा र १ नं क्षेत्रमा बाढीउका छौ । अर्थात यो नगरपालीकामा दुबै क्षेत्रका मतदाता छौ । यस हिसाबले नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेत क्षेत्र नं २ बाट प्रतिनिधी सभाको सदस्यमा बाम गठबन्धनको उम्मेद्धार बन्नु भएको छ भने नेकपा माओबादीकेन्द्रका पोलीटब्युरो सदस्य ,युवराज दुलाल, १ नं क्षेत्रमा नेकपा माओबादी केन्द्रका केँद्रीय सदस्य समेत रहन’भइका माओबादी केन्द्रका माधब सापकोटा सुबोध र माओबादी केन्द्रकै शरल सहयात्री बाम गठबन्धनका तर्फबाट चुनावी मैदानमा रहनु भएको छ । हामीले यही उम्मेदवार गठबन्धनलाइ जिताउँन लागी परेका छौ । हामी मंसीर ४ गते हाम्रा अभिभावक नेता मोहन बहादुर बस्नेत लगाएतका गठबन्धनका नेताहरुलाइ जिताउँन लागी परेका छौ । र हामी बहुमत मात्र होइन दुइ तिहाइ मतले जिताउँन लागी परेका छौ
३ गठबन्धनले जित्ने आधारहरु के के हुन त
पहीलो कुरा त तमाम नागरिकको मनमा रहनु भएका मोहन बहादुर बस्नेतले यसको नेतृत्व गरिरहनुभएको छ । नेपाली कांग्रेस पार्टीको केन्द्रीय सदस्य सिन्धुपाल्चोक जिल्लाको दुवै क्षेत्रमा समान रुपमा काम गर्दै आउँनु भएका एसएलसीको कक्षा निःशुल्क गरेरे गरिब नागरिकको लागी शिक्षामा पहुँच राख्ने बातबरण बनाइदिनुभएका बाढीपहिरो पीडित २ सय जना बालबालिकालाई उच्च शिक्षाको लागि छात्रवृत्तिको व्यवस्था गरेको, बाटो पुल बनाएको खानेपानी तथा स्वास्थ्य सेवा दिनका लागी खटिरहनु भएका नेता कोभिडको समयमा अक्सिजनसहितको उपचार केन्द्र र सबै क्षेत्रमा स्वास्थ्य सामग्री पुर्याउने काम गरेका जनतालाई आपत पर्दा सधै मोहन बहादुर बस्नेत जनताका अगाडी तत्काल पुग्ने भएका कारण उँहाको हामीलाई मात्र होइन जिल्ला बासीलाइ उँहाको आबश्यकता भएको हँुदा उँहा लगाएत सबैको लोकप्रिय नेता बिकासे समाजसेवी नेताहरु भएका कारण नै जिल्ला का ६ सिट नै बाम लोकतान्त्रीक गठबन्धनले दुइ तिहाइ मतले जित्ने छन । र बिशेष गरि दुख र पिडा परेको बेला सहनभुती सहीत पिडाले पोलेको घाउमा तत्काल मलम लिएर घरघरमा आउँने नेता बस्नेले यसको नेतृत्व गर्नु भएकोले पनी दुइ तिहाइ भन्दा बढी मतले जित्ने पक्का छ।
४ अन्तमा तपाइको भनाइ के रहेको छ
मैले भन्न पर्ने कुरा केही छैन । आज जिल्लाकै मुख्य गहनाको रुपमा रहेको गौराती मेला लागीरहेको छ । सर्ब प्रथम त म यस अबशरमा गठबन्धनका उम्मेद्वारहरुका साथै आम नागरिकमा सुस्वास्थ्य दिर्घायुको कामना गर्दै आगामी मंसीर ४ गते हुने निर्वाचनमा अत्याधिक मतले गठबन्धनका उम्मेद्वारलाइ जिताउँन प्रशिद्ध गौराती भिमसेन महादेब सँग प्रार्थना गर्दछु साथै तपाइको लोकप्रिय समाचार माध्यमबाट मेरो केही बिचार राख्न दिनुभएकामा धन्यबाद दिदै पत्रिकाको उत्तरोत्र प्रगतीको कामनाका साथ आगामी मंसीर ४ गतेको मतदानमा गठबन्धनका उम्मेदवारलाइ बिजय गराउँन सिन्धुबासीमा हार्दीक अनुरोध गर्दछु ।