पृथ्बी जगं पाण्डे चौतारा/ जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकले क्षेत्र न १ र क्षेत्र नम्बर दुईमा मनोमानी ढंगले कर्मचारी खटाएकोमा शिक्षक महासंघ सिन्धुपाल्चोकले आपत्ति जनाएको छ।स्थानीय तहले पठाएको विवरण भन्दा फरक ढङ्गबाट शिक्षक कर्मचारीको नामावली जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकले प्रकाशित गरे पछि दिनभर हिजो समिक्षा गरि हिजो नै शिक्षक महासंघ सिन्धुपाल्चोक को जुम बैठक बसि ध्यानाकर्षण गराउने निर्णय गरेको शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमारप्रसाद खतिवडाले बताउनु भयो।उहाँको अनुसार आज शिक्षक महासंघ सिन्धुपाल्चोकको सचिवालयको बैठक पश्चात् जिल्ला मुख्य निर्वाचन अधिकृत बिदुर कोइरालालाई ध्यानाकर्षण गराएको छ।त्यस्तै महासंघले आजै प्रमुख जिल्ला अधिकारीलाई समेत जिल्ला निर्वाचन कार्यलयले गरेको विभेद बारे ध्यानाकर्षण गराएको थियो।
जिल्ला निर्वाचन कार्यलय र नेपाल शिक्षक महासंघ बिच भएको छलफलमा पदसोपान अनुसार शिक्षक , कर्मचारी खटाउने सहमति भएको शिक्षक महासंघ अध्यक्ष खतिवडाले बताउनु भयो।शिक्षक महासंघले निर्वाचन कार्यलय सिन्धुपाल्चोकको ध्यानाकर्षण पत्रमा शिक्षक कर्मचारी खटाउने आधार स्पष्ट नभएको ,पदसोपान अनुसार शिक्षक ,कर्मचारी नखटाइएको,सेवामा नरहेको शिक्षकलाई खटाइएको तर कार्यरत शिक्षकलाई नसमेटिएको,सरुवा भैइ अरु जिल्लामा कार्यरत शिक्षकलाई समेत खटाइएको ,बालबिकास सहजकर्ता सहायक मतदान अधिकृत र निमाशी शिक्षक लाई सहयोगी पदमा राखेको ,विद्यालय र शिक्षकको नामावली फरक परेको ,नामावली दोहोरो समाबेश गरिएको जस्ता बुदा ध्यानाकर्षण पत्रमा समेटिएको छ।उल्लेखित ध्यानाकर्षण बेवास्ता गरिएमा शिक्षकहरु निर्वाचन प्रक्रियामा सामेल नहुने चेतावनी समेत दिइएको छ।यसैबीच जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालको अनुसार १२ वटै स्थानीय तहको ३२० मतदान केन्द्रमा खटिएको मतदान अधिकृत र सहायक अधिकृत को तालिम कार्तिक २६ र २७ गते एकदिने तालीमको आयोजना गरिएको छ।तालीम चौतरामा संचालन हुनेछ।
