सिन्धुपाल्चोक । गाँजा खेतीलाइ मान्यता दिदै आयआर्जन बढाउँने उद्घोषका साथ नेकपा एमाले नेता एवं सिन्धुपाल्चोक २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरबहादुर तामाङ अहिले जनताको घर दैलोमा ब्यस्त रहनु भएको छ ।
शिक्षा, स्वास्थ्य, उद्योग,कलकारखाना, रोजगार ग्यारेन्टी सहितको शिक्षा लोकल रक्सि ब्रान्डिङ उँहाँको मुख्य एजेन्डा रहेको छ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सिन्धुपाल्चोक क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका तामाङ् जनताको घरदैलोमा पुगेर उहाँहरूको समस्या र गुनासो सुन्दै हुनुहुन्छ ।
स्थानीको घर घरमा पुग्नुभएका तामाङलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईबासिले मनदेखि स्वागत गरेका छन् । उहाँसँगै मतदाताहरूले आत्मीयता साटिरहेका छन् ।
एमाले भित्र स्वच्छ छविका शालीन नेताको रूपमा परिचित नेता तामाङ भिजन भएको नेताको रुपमा चिनिनुहुन्छ ।विकासमा स्पष्ट धारण भएका तामाङ नेकपा एमालेका केन्द्रीय स्थायि कमिटि सदस्य तथा बाग्मति प्रदेशका सह इन्चार्ज पनि हुनुहुन्छ । शिक्षा, स्वास्थ्य, उद्योग,कलकारखाना, रोजगार ग्यारेन्टी सहितको शिक्षा लोकल रक्सि ब्रान्डिङ उँहाँको मुख्य एजेन्डा रहेको छ ।
