सम्पर्क

ढुगंना द्धारा गुरुगं सभाहलको सिल्यान्यास

सिन्धुपाल्चोक जिल्लाका समाजसेवी बिकास प्रेमी एस्मीन ढुगांनाले शनीबार एक समारोहका बिच चप्लेटी गुरुगं समाज को सभाहलको सिल्यान्यास गर्नुभएको छ ।  सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका घुम्थागं ७मा निर्माण हुन लागेको गुरुगंहरुको सभाहलको शनीबार उद्धघाटन गर्दै ढुगंनाले समाजमा रहेका हरेक नागरिकको आआफ्नो धर्म सस्कार रिती रिवाज अनुसार आफ्नै परम्पराका आधारमा गरिने हरेक कार्यक्रमहरुका लागी आबश्यक पर्ने यस्ता भवनको सिल्यान्यास गर्न पाउँदा आफुलाइ खुशी लागेको बताँउँदै हरेक नागरिकको दुख सुखमा साथ दिइरहने बताउँनु भयो । २०७७सालमा गुरुगंहरुको सस्कारलाइ सरक्षण गर्दै अगाडी बढ्ने उद्धेश्यका साथ स्थपना भएको समाजको सभाहल निर्माण गर्न स्थानीय समाज सेवी पदम बहादुर गुरुग.ले आफ्ना छोरा देवराज गुरुगंको नाममा रहेको कि नं ८३६को ६आना १पैसा जग्गा (रु दुइलाख रुपैया बराबरको)जग्गा निशुल्क दिएको र त्यस का लागी हल निर्माण गर्न कतै बाट पनी बजेटको ब्यवस्था नभएकाले समाजसेवी एश्मीन ढुगंनाको बिशेष पहलमा बिस लाख रुपैया बजेट व्यवस्थापन भए पछी उक्त स्थानका गुरुगं समुदाय लगाएतका स्थानीयहरु ख्ुशी भएको समाजका अध्यक्ष पदम बहादुर गुरुगंले जानकारी दिनु भयो । सिन्धुपाल्चाके जिल्लाका युवा समाज सेवी प्रबीण कुमार श्रेष्ठको बिशेष अतिथ्यतामा भएको सिलयान्यास कार्यक्रममा गुरुगं समाजका पदाधिकारी हरुको उपस्थिती रहेको राम बहादुर तामागंले जानकारी दिनु भयो ।