चौतारा साँगाचोकगढी नगरपालिका वडा २ मा शनिबार वडा स्तरीय दलित सञ्जाल गठन भएको छ । वडा स्तरिय दलित समुदायको भेलाले वडा भित्रका दलित समुदायको विकास र क्षमता अभिवृद्धिका लागि एकताबद्ध भएर आवाज उठाउने प्रण गरेका छन् । सोे भेलाबाट समाजमा व्याप्त जातिय विभेदकको अन्त्य गरि दलित समुदायको आर्थिक सामाजिक विकासमा पहल हुने आशा पलाएको सहभागिहरुले बताएका छन् । छलफललाई सहजिकरण गर्दै कार्यक्रममा प्रमुख अतिथी दलित अधिकार मञ्चका अध्यक्ष उमेश विश्वकर्माले दलित समुदायमा अझै पन िसचेतानामुलक अभियानहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । दलित समुदायले आफ्नो पेशालाई व्यवसायिकीकरण गरेर बालीघरे प्रथालाई नगदी बनाउन आवश्यक रहेको बताउनुभयो । हाम्रो सक्रियताले नै हाम्रो प्रगतीको मापन गर्ने भएकोले सबैलाई यो अभियानमा सक्रिय हुन समेत आग्रह गर्नु भएको थियो । कार्यक्रममा वोल्दै निवर्तमान वडा सदस्य विष्णुमाया वि.कले विगतमा मैले धेरै प्रयास गर्दा पनि बनाउन नसकेको दलित सञ्जाल बर्तमान वडा सदस्य लक्ष्मी नेपालीले केहि महिनामा नै गरेकोले यो कार्यकालमा दलित समुदायको उत्थानका थुप्रै काम हुने विश्वास लागेका बताउनु भयो । कार्यक्रममा बोल्दै वडाध्यक्ष सुदिप श्रेष्ठले वडाले दलित समुदायको हकहितका लागि आफु पुर्णरुपमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । भौतिक तथा सामाजिक विकासमा वडाले पुर्ण सहयोगका साथ निर्वाचनको बेला गरेका प्रतिवद्धता अनुरुप वडालाई जातीय विभेद मुक्त वडा घोषणाको सुरुवाति विन्दु वडा स्तरीय सञ्जाल गठन भएको समेत बताउनु भयो । भेलाले केशर विश्वकर्माको अध्यक्षतामा ११ सदस्य सञ्जाल निर्माण गरिएको छ । कार्यक्रम वडाध्यक्ष सुदिप श्रेष्ठको अध्यक्षतामा भएको थियो भने सञ्चालन लक्ष्मी नेपालीले गर्नु भएको थियो ।
