सम्पर्क

ब्रेकिङ न्युज २

कृषि ज्ञान केन्द्रद्धारा सिन्धुपाल्चोक र काभ्रेका ६ कृषक पुरस्कृत

ब्रेकिङ न्युज २, समाचार
कृषि ज्ञान केन्द्र काभ्रेले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सिन्धुपाल्चोक र काभ्रेका ६ जना कृषक पुरस्कृत गरेको छ । धुलिखेलमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोक र काभ्रे जिल्लाका ३÷३ जना कृषकलाई नगद १५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १ का झलक प्रसाद सुवेदी, श्रीकृष्ण धिमाल र लिशंखुपाखर वडा नम्बर ४ का दिउ कुमारी शाक्य , काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ का रमेश आचार्य, वडा नम्बर ७ का देवकृष्ण मानन्धर, वडा नम्बर ८ का रविन्द्र बन्जारा रहनुभएको छ । उहाँहरुलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, कृषि ज्ञान केन्द्र प्रमुख तेजप्रसाद दवाडी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख राजकुमार हुमागाई र कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले प्रमाणपत्र, दोसल्ला र नगद सहित सम्मान गर्नु भएको थियो ।...

कर सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको समन्वयमा आन्तरिक राजस्व कार्यालय धुलिखेलले कर सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक ऐन २०७९ ले प्रदान गरेको छुट तथा सहुलियत सुविधाको बिषय र आम प्रकृयाको बारेमा कर अधिकृत डुन्डीराज दाहालले प्रश्ट्याएको थियो । सहभागीहरुले कर सम्वन्धि मिसम्याचको समस्या झेल्नुपरेको र दोहोरो कर तिर्नुपरेको जस्ता बिषयबस्तु उठान गरेको थियो भने सहभागीको प्रश्नमा कर अधिकृतले जवाफ दिनुभएको थियो । उद्योग बाणिज्य संघको शाखा कार्यालय चौताराको सभाहलमा भएको कार्यक्रममा कर कार्यालयका लेखापाल गोकर्ण कोईरला र नायव सुब्बा बिजय उपाध्याय , नेपाल पत्रकार महासंघको अध्यक्ष जीवन श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको पूर्व प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ , निर्माण व्यवसायी संघका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ , नगर कार्यपालिका सदस्य सानुमाया गुरुङ र चौताराका उद्योगी तथा ब...

मदन भण्डारी फाउन्डेसन सिन्धुपाल्चोकको अध्यक्षमा बालकृष्ण

ब्रेकिङ न्युज २, समाचार
मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा सिन्धुपाल्चोकको अध्यक्षमा बालकृष्ण देउजा चयन हुनुभएको छ । शनिबार जिल्लाको सदरमुकाम चौतारामा नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट देउजा अध्यक्षमा चयन हुनुभएको हो । फाउन्डेसनको उपाध्यक्षमा अशोक चौलागाईँ, सचिवमा यज्ञ सापकोटा,कोषाध्यक्षमा चरी बहादुर तामाङ चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सुमन श्रेष्ठ, दिलिप बस्नेत,तिलक सापकोटा,सनिश श्रेष्ठ,राजेन्द्र दुलाल,हरिचन्द्र श्रेष्ठ,पुष्प पराजुली,सपना थापा सुकुलाल तामाङ,रोहित दोङ,रिना श्रेष्ठ,सुमन पाण्डे,रामचन्द्र थापा,साधुराम खतिवडा,राजेन्द्र लामा चयन हुनुभएको छ ।...

पत्रकारितामा गलत प्रबृत्ति बढ्यो ः बस्नेत

ब्रेकिङ न्युज २, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा स्वार्थ पूरा नभए समाचार लेख्ने एवं लेनदेनजस्तो प्रवृत्तिका गुनासा बढेको भन्दै काउन्सिलले यस्ता व्यक्तिको निगरानी गरी कारबाही गर्ने बताउनुभएको छ । काउन्सिलमा नयाँ अनलाइन मिडियाका लागि शुक्रबार आयोजित अभिमुखीकरणमा उहाँले नीहित स्वार्थ पूरा नभए समाचार बनाउने भनी धम्क्याउने जस्ता प्रवृत्ति बढेका र यस्ता प्रवृत्तिले पत्रकारिता जगतलाई नै कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैको समन्वय हुनु जरुरी भएको पनि स्पष्ट गर्नुभयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “कतिपय सञ्चारमाध्यमलाई काउन्सिलले विशेष निगरानीमा पनि राखेको छ । पर्याप्त प्रमाण पु¥याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिता उल्लङ्घनको कारवाही हुनेछ । अनलाइन र युट्युव च्यानलहरुमा पत्रकारिताको रोगकै रुपमा यो समस्या भित्रिएकाले काउन्सिलले अभियानै चलाएर यसविरुद्ध कदम चालिरहेको उहाँको भना...

कर्थलीका विद्यार्थीले पाए न्यानो कपडा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे / बाह्रबिसे बाह्रबिसे नगरपालिका वडा नं. २ कर्थलीका विभिन्न विद्यालयका ६०० जना विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार सेतिदेबी आधारभुत विद्यालयमा त्यहाको विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । मंगला देवि जनजागृती आधारभूत विद्यालयका प्रधानाध्यापक बम बहादुर तामाङका अनुसार दुरुमथलीमा Sowers Action द्वारा जाडो र गर्मी मौसमको लागि सम्पूर्ण विद्यार्थीहरुलाई ज्याकेट वितरण हो । कार्यक्रमको प्रमुख अतिथि बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतको उपस्थितमा Sowers Action का अध्यक्ष धर्म गुरु पासाङ वाङ्दी शेर्पा ,लगायतका अन्य पदाधिकारीहरुको रोहवरमा न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रम सफल बनाउन समाजसेवी नोर्वु शेर्पा,बाह्रबिसे नगर कार्यपालिका सदस्य दावा पासाङ शेर्पा लगायत को सहयोग थियो । प्रअ तामाङको अनुसार सो विद्यालयका ८२ जना विद्यार्थी ले न्यानो कप...

विद्यार्थीलाई न्यानो कपडा वितरण

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
बढ्दो चिसोबाट बालबालिकालाई जोगाउने उद्देश्यले सोवरस् एक्सन नेपाल संस्थाको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य एवंम नेपाली कांग्रेस केन्द्रिय सदस्य माननिय संसद मोहन बहादुर बस्नेत र बाह्रविसे नगरपालीका प्रमुख बालकृष्ण बस्नेतको पहलमा बाह्रविसे नगरपालीका वडा नं २ नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरिएको हो । बिहिबार एक समारोहबिच गरिएको न्यानोकपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मोहन बहादुर बस्नेतले जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्वीटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने बताउनुभयो । विद्यालयको शैक्षिकदेखि भौतिक गुणस्तर र पूर्वाधार विकासका लागि सघाउने प्रतिबद्धता समेत जनाउनुभयो । जाडोयाममा विद्यार्थिलाई न्यानो कपडा नहुदा विद्यलयमा उपस्थित हुन मुस्किल भएको हुँदा पठनपाठनमा असर परेको हुँ...

३ दिने नेतृत्व विकास तालिम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
महिलाहरुको क्षमता अभिवृद्धि सम्बन्धी ३ दिने पुर्नताजगी तालिम बुधबार सम्पन्न भएको छ । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ स्थित प्रेरणा कृषि जागरण महिला संस्थाको आयोजना र टेवा संस्थाको सहयोगमा गरिएको तालिममा २८ जना महिलाको सक्रिय सहभागिता रहेको थियो । प्रेरणा कृषि जागरण महिला संस्था, टेवाको अनुदान प्राप्त संस्था मध्य एक हो । उक्त कार्यक्रमको प्रशिक्षक आर्शो नेपालीको कार्यक्रम संयोजक हर्क तामाङ र आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङबाट व्यवस्थापन र सहजीकरणको भुमिका निर्वाह गर्नुभएकोे थियो । सार्वजनिक सरोकारका विषयमा स्थापना भएका विभिन्न सरकारी तथा गैरसरकारी निकायका विभिन्न संयन्त्रहरुमा महिलाहरुको अर्थपुर्ण सहभागिता तथा प्रतिनिधित्व गराउने उद्देश्यले सार्वजनिक निकायमा महिलाको प्रतिनिधित्व सम्बन्धी नेतृत्व विकास तालिम आयोजना गरिएको आदिवासी जनजाति महिला उत्थ...

भद्रकाली माविको ६२ औं वार्षिकोत्सव सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
भद्रकाली माध्यमिक विद्यालयको ६२ औं वार्षिक उत्सव तथा नयाँ भवन उ्घाटन कार्यक्रम सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका वडा नं. ८ मो रहेको उक्त विद्यालयमा विभिन्न कार्यक्रम गरि वार्षिकोत्सव सम्पन्न गरिएको छ । भद्रकाली माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद पौडेलको सभापतित्वमा रहेको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्बाचित प्रतिनिधी सभा सदस्य माननीय संसद मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यता रहेको थियो । नयाँ भवन उद्घाटन प्रमुख अतिथि बस्नेतले गर्नुभएको हो । ADB मार्फत निर्मित भवन ७ करोड लागतमा पक्की भवन निर्माण भएको ठेकेदार कुमार गुभाजुले बताउनुभयो । उक्त भवन भद्रकालीसम्म ल्याउन बिद्यालयको प्रधानसंरक्षक गणेश दत्त (बद्री) पौडेल, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि युधिर पौडेल, माओवादीका सरल सहयात्री पौडेल र CLPIU को युबराज पौडे...

बजार अनुगमनमा म्याद नाघेका अखाद्य सामग्री बरामद

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १० र १२ मा उपभोक्ता हितलाई ध्यानमा राखी बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालयका साहयक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा मंगलबार गरिएको अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बिश्वनाथ काफ्ले, प्रबिण कुमार बस्नेत, यशोदा कार्की उद्योग व्यवसायि संघका निर्मल बस्नेत प्रहरी कार्यालयका प्रनानि पुल्कित यादव लोकप्रिय समाचार राष्ट्रिय दैनिकका नेत्र बहादुर बस्नेत लगायत सञ्चार कर्मीको टोलिले अनुगमन गरेको हो । नगरभित्रका केही खाद्य तथा किराना र औषधी पसलहरुले वास्तविक मूल्यभन्दा वढी मूल्यमा सामान बेचेको जनगुनासो बढेपछि बजार अनुगमन गरिएको प्रशासन कार्यालयका साहयक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताउनुभयो । जल्केनि, हर्रे, साँगाचोक बजार गरि १९ वटा पसलमा अनुगमन गर्दा म्यादगुज्रेका सामाग्रिहरु भेटिएकाले बरामद गरिएको छ । दर्त...

राप्रपाद्धारा कुमारीलाइ स्वागत

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  राष्टीय प्रजातन्त्र पाटी सिन्धु पाल्चोक जिल्लाले आफ्नो पाटीबाट बागमती प्रदेसमा माननीय बन्नु भएको २नं क्षेत्रीय अध्यक्ष कुमारी तामागंलाइ स्वागत गरेको छ । जिल्ला कार्यसमिती सिन्धुपाल्चोकको नियमित बैठकको अबशर पारेर आइतबार उँहालाइ बधाइ तथा शुभकामना दिएको हो ।   जिल्ला अध्यक्ष निलध्वज थापाले आफ्रनो पाटीले आफु अध्यक्ष रहँदाको अबस्थामा संघ र प्रदेस दुबै तर्फ माननीय पाएकोमा खुशी ब्यक्त गर्दै उच्च पदमा जनताको सेवा गर्न र राप्रपाको घोषणा पत्रलाइ अक्षरशं पालना गर्नका लागी सबै एक भएर लाग्नु पर्ने बताउँनु भयो । स्वागत कार्यक्रममा माननीय कुमारी तामागंले पाटीको शिर उच्च हुने गरी आफुले काम गर्नै बताउँदै स्थानीय स्तरमा हुने अनीयमितता र बिकासका कार्यक्रममा ढिला सुस्ती हुन नदीन राप्रपालाइ जिम्मेवारी आएको ले यो जिम्मेवारी पुरा गर्न सबै लागी पर्नू पर्ने बताउँनु भयो । बैठकले पौष २७ गते भव्यताका साथ ज...