सम्पर्क

भद्रकाली माविको ६२ औं वार्षिकोत्सव सम्पन्न

भद्रकाली माध्यमिक विद्यालयको ६२ औं वार्षिक उत्सव तथा नयाँ भवन उ्घाटन कार्यक्रम सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका वडा नं. ८ मो रहेको उक्त विद्यालयमा विभिन्न कार्यक्रम गरि वार्षिकोत्सव सम्पन्न गरिएको छ । भद्रकाली माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद पौडेलको सभापतित्वमा रहेको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्बाचित प्रतिनिधी सभा सदस्य माननीय संसद मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यता रहेको थियो । नयाँ भवन उद्घाटन प्रमुख अतिथि बस्नेतले गर्नुभएको हो । ADB मार्फत निर्मित भवन ७ करोड लागतमा पक्की भवन निर्माण भएको ठेकेदार कुमार गुभाजुले बताउनुभयो । उक्त भवन भद्रकालीसम्म ल्याउन बिद्यालयको प्रधानसंरक्षक गणेश दत्त (बद्री) पौडेल, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि युधिर पौडेल, माओवादीका सरल सहयात्री पौडेल र CLPIU को युबराज पौडेलको बिशेष पहल भएको थियो भने बारबिसे नगरपालिकाले जग्गा खरिद गर्न १२ लाख अनुदान दिएको थियो भने स्थानीय स्वर्गीय नर प्रसाद पौडेलले १२ आना जग्गा दान गर्नु भएको थियो भने उक्त विद्यालयमा ढुंगा बिछ्याइदिने जिम्मा माननिय मोहन बहादुर बस्नेतले लिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहनुभएका बस्नेतले यस विद्यालयले शिक्षाको क्षेत्रमा राम्रो सन्देश प्रवाह गरेको बताउनुभयो । साथै उहाँले विद्यालयलाई शिक्षाको क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदै शिक्षाको क्षेत्रमा अझै अगाडि बढ्न शुभकामना व्यक्त गर्नुभएको थियो । बाह्रबिसे नगरपालिकाले १२ कक्षा सम्म शिक्षा निःशुल्क र आधारभूत तह सम्मको दिवा खाजाको व्यवस्था गरिएको जानकारी बाह्रबिसे नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिरा सापकोटाले विद्यालयले गरेको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई प्रमुख कृष्ण सुबेदी , नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि युधिर पौडेल, बाह्रबिसे नगरपालिका उपमेयर मन्जु तामाङ, ८ नं. वडाध्यक्ष बिमल पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, शिक्षक अविभावक, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।